काठमाडौं, ७ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काभ्रेमा भएको भनिएको दोहोरो फाईरिङ बकवास भएको दाबी गरेको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै नेकपाले झुटो प्रचार गरिएको जिकिर गरेको हो । मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज सुदर्शनले विज्ञप्ति जारी गरी काभ्रे गोलीकाण्डबारे प्रहरीको भनाई झुटो भएको दावी गरेका हुन् ।

प्रहरीले चैत ५ गते काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका कार्यकर्तासँग दोहोरो गोली हानाहान भएको बताएकोमा विप्लव समुहले प्रहरीको दावी मिथ्या भएको टिप्पणी गरेको हो । नेकपाले सरकार, गृहप्रशासन, सुरक्षा निकायका प्रमुख लगायतले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा अपराधीहरुलाई संस्थागत गर्न खोजेको आरोप लगाएको छ ।

विज्ञप्तीमा झुटो वकवासले जनयुद्धताका लगाएको संकटकालको झल्को दिएको उल्लेख छ । विज्ञप्तीमा तत्काल प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथी आक्रमण गर्ने पार्टिको नीति नरहेको तर दमन जारी राखे जनप्रतिरोधका लागि तयार रहेको चेतावनी दिईएको छ ।