कुनै पनि कार्य सफल हुनको लागि केही शर्त हुने गर्छ, जसलाई पुरा गर्दा कुनै पनि व्यक्ति निश्वित लक्ष्यसम्म पुग्न सक्दछ। यदि शर्त नहुँदो हो त, हरकोही हरेक काममा सफल हुने थिए। यो संसारको रित हो कि हरेक काममा सफलता पाउन कुनै न कुनै सुत्र अवस्य पछ्याउनु पर्दछ। पढाइ, प्रेम सम्बन्ध, व्यावसाय देखि हरेक क्षेत्रमा सफल हुन जरुरी यी दुई शर्त:secret of success

स्थिर चित्त

जब कुनै कार्यमा पुरा मन लाग्छ, तब मात्र सो कार्य सफल हुन्छ। तर काममा मन कसरी लगाउने? यसको उत्तर हो स्थिर चित्त। अर्थात एकाग्र मन, दिमाग।

एउटा उदाहरण लिनुस्, बारुदमा आगो लगाइदिने हो भने सो एकैपटक बली आफ्नो शक्ति समाप्त पार्छ। तर सोही बारुद बन्दुकमा राखि पड्काउँदा निश्चित दिशा तर्फ ठुलो आवाज गर्दै पुग्छ। यसैप्रकार यदि मनको दिशा सहि भएमात्र गरेको काम सफल हुन्छ, लक्ष्यमा पुग्न सकिन्छ।

स्थिर चित्त कसरी बनाउने?

स्थिर चित्तको लागि सधैँ सत्य बोल्नुस्। सधै सुनिरहने यो सुझाव सुन्दा निकै सामान्य, पालना गर्न निकै कठिन हुन्छ। तर सधैँ सत्य बोल्दा मनमा अनावश्यक उल्झन आउँदैन, मन सफा हुन्छ र काममा ध्यान रहन्छ।
नियमित ध्यान गर्नुस् साथै शरिरलाई निकै फाइदा पुर्याउने योगाले पनि मन स्थिर राख्न मद्धत गर्छ।

अटुट श्रद्धा

स्थिर चित्तले मार्ग देखाउँछ भने अटुट श्रद्धाले सो मार्गमा चल्न शक्ति प्रदान गर्छ। यदि कुनै कार्य प्रति अटुट श्रद्धा छ भने सो काम गर्ने जोस जागँर पैदा हुन्छ। आफुले गरेको कामलाई इज्जत दिन सिक्नुस् चाहे कामको प्रकृती जस्तोसुकै किन नहोस्।