५ कात्तिक, काठमाडौं । महान्यायधीवक्ता रमन श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको तलब सुविधा नरोकिने बताएका छन् ।

लोकमानको नाममा कुनै ब्यक्तिको भ्रष्टाचार ढाकछोप नहोस्- नयाँ शक्ति

आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारका कानुनी सल्लाहकार रहेका महान्यायधीवक्ता श्रेष्ठले संविधानमा निलम्बन भन्ने शब्द नरहेको र काम गर्न नदिनु मात्रै भनेकाले सुविधा रोक्न नमिल्ने बताएका हुन् ।

लोकमानको सेवासुविधा रोक्न सर्वाेच्चमा निवेदन

संचारमाध्यममा कार्की निलम्बनको समाचार प्रकाशन प्रशारण भएपनि उनलाई सभामुखको कार्यलयबाट काम नगर्नु भन्ने आदेश मात्रै भएकाले सुविधा नरोकिने उनको भनाई थियो । महान्यायधीवक्ता श्रेष्ठले द्वन्द्वकालीन घटनाका कुनै पनि मुद्धामा माफी नहुने दोहोर्याएका छन् ।