६ कात्तिक, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने पक्षमा आफु रहेको बताएका छन्।

फाइल तस्बिर

फाइल तस्बिर

१२ विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै ओलीले विद्यार्थीहरुको पक्षमा आफु रहेको औल्याए।

१२ विद्यार्थी संगठनले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका छन् ।

अध्यक्ष ओलीले पछिल्लो समय लोकमानसिंह कार्कीले कानुनको बर्खिलाप गरी अनावश्यक हस्तक्षेप गर्न थालेको आरोप पनि लगाए ।

कानुनी सशासन भन्दा माथी उठ्ने प्रयास गरेका कारण कार्कीलाई महाअभियोग लगाउनुको विकल्प नरहेको उनले बताए ।

उनले कार्कीका विरुद्धमा सिंगो पार्टीले औपचारिक निर्णय नगरेपनि आफु महाअभियोगको पक्षमै रहेको स्पष्ट पारे ।

यो पढ्नुस्।
प्रचण्डको मुहारमा बिस्तारै अँध्यारो छाउँदै गएको छ
घरमा आकर्षक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा, अरु के चाहियो ?