१७ बैशाख, काठमाडौं ।

महाअभियोग प्रस्ताव दर्ता भए लगत्तै प्रधानन्यायाधिश सुशीला कार्की स्वतः निलम्वित भएकी छन् । उनी विरुद्धको प्रस्ताव संसदबाट दुई तिहाई बहुमतले पारित भएमा उनी स्वतः पदमुक्त हुनेछिन् ।

महाअभियोग सम्बन्धी प्रस्तावलाई संसद सचिवालयका महासचिवले सभामुख समक्ष पेश गर्नेछन् । र आजको मितिले सात दिन भित्र संसदमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्नेछिन् ।

तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछ । संसदको छलफल सकिएपछि सभामुखले त्यस्तो प्रस्तावलाई महाभियोग सिफारीस समितिमा पठाउने छिन ।

कार्कीमाथि लगाइएका आरोप सत्य भएको भनी संसदका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा समितिले त्यस्तो उजुरीमाथि छानबीन गरी महाभियोग सम्बन्धी कारबाहीका लागि संसद समक्ष सिफारिस गरेमा महाभियोगको प्रस्ताव पेश हुन सक्नेछ ।

समितिले प्रारम्भीक अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई महाभियोग लाग्न सक्ने पर्याप्त आधार देखिएमा संसदमा महाभियोगको सिफारिस पेश गर्न सक्नेछ ।

यसरी पेश भएको सिफारिस बैठकमा निर्णयार्थ पेश गर्दा संसदमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले समर्थन गरेमा महाभियोगकाे कारवाही अघि बढ्नेछ ।

सम्बन्धित समाचार

महाअभियोग प्रस्तावमा देउवाको पहिलो हस्ताक्षर, गगन र चन्द्रले गरेनन्
‘एक महिना पनि कुर्न नसक्ने भएपछि महाअभियोग दर्ता गर्यौं’
महाअभियोग प्रकरणः राप्रपाले भन्यो आपत्तिजनक र दुर्भाग्यपूर्ण
सरकारले मनलाग्दि गर्न थाल्योः एमाले