५ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले लोकमान सिंह कार्की विरुद्ध परेको महाअभियोग प्रस्तावमाथि छानवीन अघि बढाएको छ ।

lokman-singh-karki-13361317

महाअभियोग सिफारिस समितिको संसद सचिवालय सिंहदरबारमा आज बसेको बैठकले कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । महाअभियोग प्रस्ताव छानवीनका लागि प्रमुख तीन दलका तीन सांसद सम्मिलित छानवीन उपसमिति बनाइएको छ ।

किन चुनाव चाहदैनन् ओली र उपेन्द्र यादव ?

उपसमितिमा नेपाली काँग्रेसका दीपक कुईँकेल, नेकपा एमालेका रेवतीरमण भण्डारी र नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारी रहेका छन् ।समितिले कार्की विरुद्ध परेको महाअभियोग प्रस्तावको छानवीन गर्नेछ । सर्वाेच्च अदालतले कार्कीको नियुक्ती नै गलत रहेको ठहर गरेपछि महाअभियोग प्रस्ताव अघि बढाउने कि नबढाउने भन्नेमा समिति अन्यौलमा रहेको थियो ।

कानुन व्यवसायीहरुसँगको परामर्शपछि समिति महाअभियोग अघि बढाउने निश्कर्षमा पुगेको हो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको १ सय ५७ सांसदले कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।