१७ फागुन,काठमाडौ। विवादित विषयहरुलाई प्याकेजमै टुंगो लगाउने विषयमा छलफल गर्न चार दलिय कार्यदलको बैठक आज बस्दैछ । बिहान १० बजे सेना समायोजन विशेष समन्वय समितिको कार्यालय नयाँ बानेश्वरमा बस्ने बैठकमा चुनावी प्रक्रियाका लागि संवैधानिक तथा कानुनी अड्चन हटाउने विषयमा छलफल हुनेछ । बैठकमा दलहरुले मिलाउन बाँकी रहेको लडाकुको दर्जा निर्धारण, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन, नागरिकता तथा मतदाताको परिचयपत्र वितरणको मापदण्डलगायतमा सहमतिको प्रयास गरिने बताइएको छ। यसअघि हिजो बसेको बैठकमा पनि कार्यदलका सदस्यहरुले आ–आफ्ना पार्टीका अडान नछोडेपछि सहमति हुन सकेको थिएन् ।