२६ पुस, काठमाडौ ।
पाँच महिनादेखिको जारी आन्दोलनको समाधान गर्नको लागि बसेको प्रमुख तीन दल र मधेसी मोर्चा सहभागी संयुक्त कार्यदलका बैठकमा सूचना बाहिर सार्वजनिक नगर्ने सहमति भएको छ । पाँच पटक बैठक बस्दा समेत कुनै सहमति जुटाउन नसकेको कार्यदलले सूचना बाहिर सार्वजनिक गर्दा अपठ्यारो हुने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

कार्यदलमा छलफल भएपनि तीन दल र मोर्चाका सदस्यहरु आ–आफ्नौ अडानमा अडिक रहेका छन् । पाँच घण्टा लामो छलफलमा पनि कार्यदलका सदस्यले पुरानै अडान दोहायार्याउने काम गरेका थिए । कांग्रेसका नेता महेश आचार्यले संविधान संशोधन विधेयक पास गर्नको लागि सहमति जनाउन मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।

तर मोर्चाका सदस्य राजेन्द्र श्रेष्ठले सीमाकंनमा सहमति नभइकन संशोधन प्रक्रियामा सहमति जनाउन नसक्ने जवाफ दिएपछि बैठक सकिएको थियो । एक सदस्यका अनुसार बैठकमा कुरा मिल्न नसकेपछि दुवै पक्षले बाहिर सूचना सार्वजनिक नगर्ने सहमति गरेका छन् । तर प्रमुख दल र मोर्चाका सदस्यहरु बीच कुनै सहमति जुटन भने सकेको छैन । बैठक बस्ने तर सहमति नगर्दा बाहिर राम्रो सन्देश नजाने भएकाले यस्तो निर्णय गरिएको ती सदस्यले बताए ।

यो पनि पढ्नुस्।

‘मधेसमा तीन प्रदेश निर्माण गरिनुपर्छ’– उपप्रधानमन्त्री गच्छदार

खाना खाँदा ध्यान दिनुपर्ने काम र समय

काबन्दी खोल्न कुटनीतिक पहल जारी छ – प्रचण्ड

गृह मन्त्री वस्तेतलाई कार्यदलको बैठकमा बोलाइयो

ताजमहल हेर्न आउने पर्यटक घटे, भारतमा बढ्दो अपराध कारण

सैनिक मुख्यालयबाट किम जोङ उनले भने- हाइड्रोजन बम आत्मरक्षाका लागि