२९ चैत, जलालाबाद (अफगानिस्तान) । सुरक्षा निकायको कार्यालय नजिकै आत्मघाती कार बम आक्रमण हुँदा अफगानिस्तानको पूर्वी प्रान्तमा कम्पन महसुस गरिएको छ ।

पूर्वी प्रान्त नानगार्हारमा सोमबार भएको हमलामा आक्रमणकारीको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

“एक जना आत्मघाती हमलाकारी मारिएका छन्, उनले घानी खेल जिल्लाको मार्को बजारमा कार बम विस्फोट गराएका थिए,” प्रान्तीय गभर्नरले भने ।

सोमबार विहान ८.३० बजे विस्फोट भएको उनले जानकारी दिए । सुरक्षा निकायको कार्यालयलाई लक्षित गरी कार बम विस्फोटन गराइएको उनले बताए । रासस/सिन्ह्वा