यतिबेला लामो दारी जुंगा बनाएर हिड्नु युवाहरुबीच लोकप्रिय बनेको छ । दारीले पुरुषको व्यक्तित्व झल्काउँछ । दारी राख्दा अनप्रोफेशनल देखिने कतिपयको विचार रहनेगरेपनि दारी राख्नुको अन्य फाइदा पनि छन्। घाममा हिड्दा दारीले छालाको सुरक्षा गर्ने, र मुख भित्र धुलो तथा अन्य चिज छिर्न नदिन दारीले सहयोग पुर्याउँछ।

त्यसो त लामो दारी जुंगा बनाएर हिड्नुले मात्र सबै कुरा व्यक्त गर्दैन । दारीका विभिन्न रङ र आकार अनुसार भिन्दाभिन्दै व्यक्तित्ववारे जानकारी गराउँछ । युवामा कालो दारी राम्रो सुहाएको दखिन्छ । दारी कालो बनाउन निम्न घरेलु उपाय अपनाउनुस् । जसले तपाईको दारीको बारीलाई कालो बनाउने मात्र नभई सफा र स्वस्थ राख्नमा सहयोग गर्नेछ ।

१. तुलसीको पातलाई प्याजको रसमा मिसाएर दारीमा लगाउनाले सेतो दारी कालो बन्दै जान्छ ।

२. काँचो मेवामा हल्दीको पाउडर र एक चम्चा एलोभेरा जुसको लेदो बनाएर लगाउनाले दारी कालो बन्छ ।

३. निमको पात पानीमा उमालेर त्यसको रस लगाउनाले दारी कालो हुदै जान्छ ।

४. अमलाको पाउडर नरिवलको तेलमा उमालेर लगाउनाले दारी कालो बन्छ भने अन्य फाइदा समेत पुर्याउछ ।

५. नियमित पुदिनाको चिया पिउनाले दारी कालो बनाउछ । साथै यसले शरिरलाई अन्य फाइदा पनि गर्दछ ।

६. आधा कप पानीमा १ चम्चा सख्खर मिसाएर उमाल्ने र कागतीको रस मिसाएर त्यसको लेप लगाउनाले दारी कालो तथा चम्किलो देखिन्छ ।