३० असोज, काठमाडौँ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ब्रिक्स सम्मेलनमा भाग लिन भारत गएकाले उनको सिफारिसमा उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई दैनिक कामकाज सम्हाल्ने गरी कावा प्रधानमन्त्री तोकिएकोबारे जानकारी गराइएको छ ।

सोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र सभामुख ओनसरी घर्तीले पढेर सुनाएकी थिइन । संसद्को अर्काे बैठक आगामी कात्तिक २ गते बिहान ११ बजे बस्नेछ । रासस