५ कात्तिक, एजेन्सी ।
भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।jammu-bus-accident-31376918

बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररुपमा घाइते भएका अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर सज्जाद भट्टले बताए।

बसले क्षमताभन्दा बढी यात्रुलिएर गुडिकाले दुर्घटना भएको बताइएको छ । बसमा टिकट लिएका ६२ जना यात्रु सवार थिए ।

घटनामा गम्भीर घाइते भएका यात्रुलाई एक हेलिकोप्टरमार्फत सरकारी मेडिकल कलेज, जीएमसीमा पठाइएको पनि भट्टले बताए ।