एजेन्सी । अमेरीकामा किड्नीका विरामीको उपचार गर्न ड्रोनको प्रयोग गरिएको छ । बाल्टिमोरदेखि मेरिल्यान्डको एक अस्पतालमा मृगौला पुर्याउनका लागि ड्रोनको प्रयोग सफल भएको हो ।

५ किलोमिटरको दुरी ड्रोनले १० मिनेटमै तय गर्दै मृगौला पुर्याएको हो । ड्रोनले सुरक्षित रुपमा पुर्याएको मृगौला ४४ वर्षीया एक महिलालाई ट्रान्सप्लान्ट गरिएको छ । युनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका डाक्टरहरुले जनाएअनुसार माल्टिमोरकी ती महिला ८ बर्षदेखि किड्नी डाईलासिस गराईरहेकी थिईन् । उनको किड्नी प्रत्यारोपण गरिएको छ ।

भएको हो ।

डाक्टरहरुले मृगौलालाई अस्पताल पुर्याउनुअघि ड्रोनमार्फत स्लाईन, ब्लड ट्युब लगायतका सामान पठाएर परिक्षण गरेका थिए । फेडरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) को निगरानीमा विशेषज्ञहरुको टोलीले ड्रोनमार्फत मृगौला अस्पताल पुर्याएको डाक्टरहरुको भनाई छ ।
विशेषज्ञहरुले यस प्रकारको उपलब्धीलाई चिकित्सा इतिहासमा एक क्रान्तिका रुपमा ब्याख्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन् ।