Narendra Jung Peter

नरेन्द्रजंग पिटर
संविधान निमार्णको पूर्वसन्ध्यामा सवभन्दा संवेदनशील र ठूलो वहस भनेको धर्मनिरपेक्षता, पहिचान, संघ र गणतन्त्रका विषय हुँन । यसैमा टेकेर अहिले भावनात्मक खेल हुँदैछन् । दागीहरु आप्mना दाग धुन चाहान्छन् भने गुमेको शक्ति र सत्ता हत्याउने मनोवैज्ञानिक हतियार पनि यसैलाई बनाउन खोज्दैछन् । भिडको मनोविज्ञान भनेको आवेगको कोर्राले चाबुक लगाएपछि लुरुलुरु विवेकशून्यता पछाडि लाग्नु हो ।

अहिले भने राजनीतिमा सवभन्दा ठूलो खेल धर्मको भईरहेको छ त्यो शक्ति आर्जन गर्न, टिकाउन र विरोधीलाई खुईल्याउन वा आफ्ना आग्रहलाई सामथ्र्यदिनका लागी । कम्युनिष्ट र काग्रेस बन्न धर्मनिरपेक्षता प्रथम सर्त हो । भौतिकवादी बन्नकोलागी कम्युनिष्ट वा समाजवादी नै बन्नुपर्छ भन्ने पनि केही छैन् ।

आजै बीपी कोईरालाको २९सौ स्मृति दिवस हो । अझ आफूलाई काग्रेस भन्न रुचाउनेहरु बीपीले सन १९७९ जुलाई २०मा अग्रेजी साप्ताहिक ‘द विक्ली मिरर’लाई धर्मनिरपेक्षताबारे दिएको लिखित अन्तरवार्ताको हेक्कै राख्दैनन् । उनले भनेका थिए ‘नेपाल हिन्दुराज्य होइन । नेपाललाई हिन्दुराज्य भन्नु झुट हो । नेपाल निस्चय पनि धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्ष मुलुकमा धार्मिक स्वतन्त्रता हुँनेछ’ । उनी भने धार्मिक थिएनन् ।

राज्यसत्ता अहिले परिवर्तनको सघांरमा उभिएकोछ । राज्यको चरित्र के हुँने ? कस्तो हुँने ? राज्य अभिभावक हो की ! ब्यबस्थापक ! के हो ? भन्ने बहस चलिरहेका छन् । केही मान्छेहरु भने नयाँ कुरा सोच्नु पर्छ भन्ने सोच पनि राख्नु काउसो भिर्नु जस्तै मान्छन । परम्परा भनेको यथास्थितिको सहज, सरल जीवन अभ्यास हो । मानव सभ्यताको विकास, धर्म र संस्कृति त्यसले पार्ने हाम्रो समाजिक विकास र असरबारे गम्भीर छलफल गर्न रुचाउँदैनन् । छटाकको जिबे हल्लाउनु भन्दा धार्नीको टाउको हल्लाउनु बेस् भनेर शक्ति र भिडले के भन्छ, त्यतै डोरिने पनि ठूलो जमात हुन्छ ।

अहिले भने धर्मनिरपेक्षता भनेको हिन्दु धर्मको विरोध र ख्रिस्तान धर्मको पक्षमा हो भनेर जवरजस्ती एकातर्फ कूतर्क स्थापित गर्ने प्रयत्न भईरहेकोछ भने अर्कातर्फ धर्मनिरपेक्षता भनेको माओवादी एजेण्डा मात्र हो भन्न पनि खोजिएकोछ । हिन्दुधर्म बाहेकका इस्लाम र ख्रिस्तानपन्थीहरु पनि जवसम्म धर्मनिरपेक्षताले धार्मिक स्वतन्त्रताको वकालत गर्छ, हिन्दुधर्मको विरोध वा मनुवादी, वर्णवादको विरोध गर्छ तवसम्म ठिक मान्छन् । छोईछिटो, उचनिज जातको जवसम्म विरोध हुन्छ् तबसम्म धर्मनिरपेक्षताको सर्मथनमा देखिन्छन् जव सवैधर्मको पाखण्ड मात्रै हैन् चिन्तनधाराको पनि विरोध हुँन सुरु हुन्छ तव सवै पण्डित, मौलना, पादरी र लामा आध्यात्मवादीहरु एकै ठाँउमा, एकै स्वरमा उत्रिन्छन– भौतिकवादको विपक्षमा, विज्ञानवादको विरुद्धमा । तब उनीहरु धार्मिक स्वतन्त्रतामा मात्र टिक्न पुग्छन ।

धर्म मानिसको निजी आस्था हो, त्यो मान्न र नमान्न सवैलाई समान अधिकार हुन्छ । त्यो विश्वासमा टिकेको हुँदा एउटा धर्मबाट अर्कोधर्म फेर्न पनि सक्छ,कुनै पनि धर्म नै नमान्नपनि सक्छ । विश्वास र अविश्वास भनेको कसैको आदेशमा चल्दैनन् । तर राज्य ती सवैका अभिभावक भएकाले उस्को भने कुनै धर्म हुँदैन् । त्यसैले धर्मनिरपेक्षता भनिएको हो । धार्मिक स्वतन्त्रतामा कसैले पनि कुनै धर्म स्वीकार्न पाँउने त हुन्छ तर कुनै धर्म पनि नमान्नेको अभिभावक राज्य बन्नुपर्छ भन्ने मान्यता राख्दैन् । त्यसले होला धर्मनिरपेक्षताको वकालत गर्दै आएका ख्रिस्तान पास्चरहरुका पनि नेता पादरी डा के.बी रोकायले धर्मनिरपेक्षताको विपक्ष र धार्मिक स्वतन्त्रताको वकालत गरेका कुनै पनि धर्मलाई तर्क र तथ्य चाहिँदैन्, विश्वास र भक्ति मात्र चाहिन्छ ।

धर्मनिरपेक्षताले कुनै धर्म मान्नु, नमान्नु एउटा धर्मबाट अर्को धर्म स्वीर्कानु वा संसारमा प्रचलनमा भएका कुनै पनि धर्मलाई अश्वीकार गर्नुलाई मानव अधिकारको रुपमा लिइन्छ । सर्वधर्म विरोधी विज्ञानवादीको पनि राज्य त्यतीकै अभिभावक बन्छ । संसारका हरेका धार्मिक ग्रन्थमा नास्तिकतालाई एकै प्रकारले गालीको रुपमा लिइन्छ । त्यसैले कतिपय मानिसहरु आफूलाई अधार्मिक भनेता पनि नास्तिक नै भन्न भने रुचाउँदैनन् । अझ हिन्दुवादमा आध्यात्म विरोधी महागुरुलाई त एक्लो बृहस्पति झुट भनियो, चार्वाकको खिल्ली उडाइयो, भने बुद्धलाई खुव लखेटियो अन्त । नास्तिकता भने परंपरा विरोधी स्वयम एउटा विचार हो । यो प्रगतिशीलता, तर्कशलिता, वैज्ञानिकता र मान्यताको मिश्रण हो ।

नेपाली समाजिक चरित्र भने हुँने, गर्ने, देखिने र बोल्ने बीचको फरक झै दोधारे छ । भोट कम्युनिष्टलाई हाल्छ, आफुलाई कम्युनिष्ट भन्छ् पनि । तर, भाकल गर्न वा भाक्न, शनी ग्रह हटाउन र ज्वतिष हेराउन पुग्ने गर्छ । तिर्थाटन गर्नु, मन्दिर धाउनु, धार्मिक कारोवारीलाई मानमनितो गर्नु उस्को नित्यकर्म बन्न पुग्छ । सम्राज्यवाद मुर्दावाद भन्छ, डीभी भर्न उही पहिलो लाईनमा पुग्छ । विज्ञान खान्छ, पिँउछ, सयर गर्छ, उपयोग र उपभोग गरेर कष्ट साध्य जीवनलाई सरल र सहज पनि बनाँउछ तर यति बैगुनी र पाखण्डी छ कि सवै श्रेय भने आध्यात्मलाई दिन पुग्छ र सास्कृतिक रक्षाको नाममा रुढमा रमाउदै धार्मिक बन्न पुग्छ, । कमलनयनाचार्यलाई गरिएको सवै पार्टीका नेताको भक्ती र उनले धर्मनिरपेक्षता विरोधी धार्मिकयुद्धको चेतावनी पनि अर्थपूर्ण रहेको छ । नेतृत्वकै त्यही हाल हुन्छ भने सामान्य कार्यकर्ताबाट के अपेक्षा गर्ने ?

प्रश्न धर्मनिरपेक्षताको मात्र हैन् यहाँ हरेक धार्मिक मान्यता र विज्ञानवादी सोच बीचको हो । कुनै पनि धर्म मान्न बारसत्ताइस् गर्नै पर्दैन । अध्ययन, अनुसन्धान, तर्कको आवस्यकता नै पर्दैन । परिवार, समाजले बालापनबाटै सिक्दै गईन्छ । जुन परिवार र समाजमा जुन धर्मकुलमा जन्मिएको हुन्छ् त्यस्तै कूलआचरण वन्दै जान्छन । तर्क, तथ्य, वैज्ञानिक दृटिकोण र स्वक्षमताले हैन् कोरा विश्वास नै धार्मिक उर्जा बन्नपुग्छ भने भिन्न धर्म प्रतिको जागृतघृणा उस्को प्राण हो । त्यसैले अन्यधर्म प्रतिको घृणाले मानिसलाई धार्मिक बनाउदा धार्मिक मानिस स्वयं अमानविय बन्न पुग्छ । आफनै क्षमताको विश्वास नराख्ने भएकाले परास्रित पनि बनाईदिन्छ । अहिले त झन् आध्यात्मको कारोवार विज्ञानकोउपयोग आधुनिक संचार मार्फत लम्पट समाजमा अझ धेरै फैलिएकै छ ।