कुशल श्रेष्ठ

प्रेम मानिसको स्वभाविक गुण हो। जीवनमा कसै न कसैसंग मानिसले प्रेम गरेकै हुन्छन्। भाग्यको खेल हो भन्नुहुन्छ भने गलत हुन्छ। कसैसँग प्रेममा पर्नुका कारणहरू थुप्रै हुन्छन्- जैविक सम्बन्ध, शारीरिक आकर्षण अनि मनोवैज्ञानिक कारण।

‘तपाईँ आफ्नो प्रेमी/प्रेमिकालाई किन प्रेम गर्नुहुन्छ?’ भनेर सोध्यो भने अधिकांशले के भन्छन्- “मलाई उसको सबै कुरा मनपर्छ। उसको आँखा, मुस्कान, हाँसो, बोली!” तर यी त ‘मन परेका’ कुराहरू हुन्। ‘मन पर्नु’ र ‘प्रेम गर्नु’ फरक कुरा हो।

प्रेमको कुनै कारण हुँदैन भनिन्छ, तर मनोवैज्ञानिकहरूका अनुसार मानिस प्रेममा पर्नुका यस्ता कारणहरू हुन सक्छन्ः

१. यदि कोहि तपाईँजस्तै छ भने!

हुन त विपरीत कुराहरूको बीचमा आकर्षण हुन्छ, तर उस्ताउस्तै बानी-व्यवहार भएका स्त्री-पुरुषहरूको बीचमा पनि उत्तिकै आकर्षण हुने मनोवैज्ञानिकहरू बताउँछन्। र सायद यो कुरा ठीक हो पनि। किनभने, तपाईँले गरेको कुनै कुरामा तपाईँको साथीले पनि हो मा हो मिलायो भने मात्रै त्यो सम्बन्धमा सुमधुरता छाउँछ।Nepali Marriages

२. उचाईले पनि फरक पर्छ

अवश्य पनि! अग्ला पुरुषमा अधिकांश स्त्रीको नजर ठोक्किने गर्छ। फेरि हलुका खुट्टा तन्काएर अग्लो प्रेमीलाई चुम्बन गर्ने चाहना सबै महिलाको हुन्छ। अनि अग्लो पुरुष र हलुका होचो महिलाको जोडी पनि त लोभलाग्दो हुन्छ। मनोवैज्ञानिकहरू भन्छन्- आफ्नो साथीको उचाईमा महिलाहरू गर्व गर्ने गर्छन्।tall boy and girl falling in love

३. सुगन्ध

मानिसको नाकको एउटा रोचक तथ्य के छ भन्दा- ‘हाम्रो नाकले हामीलाई सुहाउँदो साथी खोज्न मद्दत गर्दछ’।

हरेक व्यक्तिको आफ्नै बासना हुन्छ। अनि जसको बासना हामीलाई मन पर्छ, हामी उसैसँग नजिक हुन चाहन्छौँ। उसको खुश्बुमै हामी आफूलाई आनन्दित पाउन सक्छौँ।

४. नजर जुध्नु

एक-अर्काको आँखामा लगातार २ मिनेटसम्म हेरिरहँदा उनीहरूको बीचमा एकप्रकारको आत्मियता पैदा हुने कुरा एक खोजबाट पत्ता लागेको थियो। कहिल्यै नभेटेका विपरीत लिङ्गका व्यक्तिहरूको बीचमा आँखा जुधाजुध भएमा पनि यस्तो किसिमको भावना पैदा हुने मनोवैज्ञानिकहरू बताउँछन्।staring into each other

५. रोमान्स

मानिसहरू प्रेममा पर्ने एउटा मनोवैज्ञानिक कारण भनेको सँगै मिलेर केहि रोमाञ्चक काम गर्नु पनि हो। यसको उदाहरण कतिपय चलचित्रहरूमा पनि देख्न सकिन्छ। सुरुमा केवल साथी मात्रै बनेका केटा-केटि कतै घुम्न गएर सँगै रमाइलो गर्दागर्दै कतिबेला एक-अर्कालाई माया गर्न पुग्छन्, पत्तो पनि पाउँदैनन्।resting in peace

६. मुस्कान

मुस्कान भन्ने चिज असाध्यै सङ्क्रमित हुन्छ, अनि आकर्षक पनि! मीठो मुस्कानले आफ्नो कुरुपतालाई पनि लुकाउँदछ भन्ने तथ्य मनोवैज्ञानिकहरूले पत्ता लगाएका छन्।Girl and Boy smiling in Love

फेरि मुस्कानले स्वीकृतिको पनि सङ्केत गर्दछ। त्यसैले भनिन्छ नि- “हँसी तो फसी!”

यो पनि हेर्नुहोस्
स्त्री होस् या पुरुष, यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्
जान्नुहोस्, तपाईँको लागि कुन दिन जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ
जन्मबार बाट जान्नुहोस् आफ्नोबारेमा यी ७ कुरा
प्रेम र यौनका बारेमा तपाईलाई थाहा नभएका ५ कुरा