विगत २५ देखि विश्वका सबैभन्दा लामो आयुका महिलाहरुमा जापानीहरु पर्दै आएका छन्। जापानी महिलाहरुको औसत आयु ८४ वर्ष रहेको छ । यसबाहेक जापानका महिला कम उमेरका, फिटिङ र एकदमै सुन्दर पनि देखिन्छन् । यसको पछाडि एउटै रहस्य लुकेको पाइएको छ ।

‘Japanese women don’t get old or fat’ नामको एक किताबको अनुसार, यसको रहस्य ‘भान्सा र घरेलु विधि’ हो । नेपालीको प्रिय खाना भात भएझै हरेक जापानीको मुख्य रोजाइको खाना ‘सुसी’ हो । यसको अलावा जापानीहरुले आफ्नो खानामा माछा, भात, जुस, फलफुल, तरकारी र ग्रिन टि समावेश गर्ने गर्दछन् । जसले व्यक्तिको तौल नियन्त्रण गरि सुन्दर छाला र कम उमेरको देखाउनमा सघाउँछ ।

जापानीहरुले विशेषगरि घरमै पाकेको कम मसालेदार खाना, उसिनेको खाना, जुस, फलफुल र ग्रिन टि खाने गर्दछन् ।

यस्तै जापानमा हरेक व्यक्तिको उमेरअनुसार खानाको छुट्टाछुट्टै तालिका छ ।

बच्चादेखि बुढा व्यक्तिले नियम अनुसार खाना खाने गर्दछन् । उनीहरुले कहिल्यै पनि क्षमताभन्दा बढि खानेकुरा खादैनन् ।

साथै दिनमा एकपटक खाएकोे खाना फेरि दोहोर्याउदैनन् । जापानी महिलाले व्रेकफास्ट खानुलाई विशेष महत्व दिन्छन् । जसमा पेय पदार्थ, अम्लेट, सुप, माछा, स्टिम खाना, लसुन र ग्रिन टि समावेश गर्दछन् । उनीहरुले गुलियो खानेकुरा कम खान्छन।

स्वाथ्यमा नकारात्मक असर गर्ने खानाबाट यहाँका महिला टाढै रहन्छन् । साथै काममा जति नै व्यस्त रहेपनि दैनिक व्यायाम गर्न भने छुटाउदैनन् । त्यसैले यहाँ महिला मोटाएको भेटिदैन ।