७ चैत, एजेन्सी ।

सोनाक्षी सिन्हा र उनका ब्वायफ्रेन्ड बन्टी सचदेवको प्रेम सम्बन्ध टुटेको चर्चा छ।

एक साउन्ड स्टुडियोबाट निस्किएकी सोनक्षीका इमोशनल तस्बिरपछि यो चर्चाले बल पाएको हो। भलै कारण प्रष्ट छैन तर कतै ब्रेकअपको पीडाको कारण त होइन भनी भारतीय मिडियामा सोनक्षीको चर्चा चलेको हो।

बद्रिनाथकी दुल्हनिया फिल्म सफल भएकोमा आयोजित पार्टीमा पुगेकी सोनाक्षीले आफ्ना नजिकका साथीहरुलाई आफु सिङ्गल भएको बताएकी थिइन। तर यसकै केही दिन पहिले सोनाक्षी र बन्टीको जोडी एक रेष्टुरेन्टको देखिएको बताइएकाले सोनक्षीको ब्रेकअपको खबरमा भरोसा भने छैन।

सन् २०१२ देखि जोडी सम्बन्धमा थिए । तर दुवैले खुलेर आफ्नो सम्बन्धबारे बोलेका छैनन्। बन्टी सुष्मिता सेनका एक्स-ब्वायफ्रेन्ड हुन । साथै उनी सोहेल खानकी पत्नी सीमा सचदेवका भाइ हुन।

यो पढ्नुस्।
विवाहको खबर कपिलले विवाहकै लागि सार्वजनिक गरेका होइनन्, अर्कै रहेछ प्रयोजन