२४ जेठ, एजेन्सी।

सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरी छिट्टै वार्ता हुने आशा व्यक्त गरेका छन् ।

उनले पत्रकारहरूसँग भने, “मैले उत्तर कोरियासँगका सम्झौतालाई कार्यान्वयन गर्न गराउन चाहन्छु, हाम्रो वार्ता फेरी पनि हुने आशा गरेको छु ।” लामो समयदेखि एक अर्काका चर्को विरोधी रहेका अमेरिका र उत्तर कोरियाकाबीचमा गत बर्षदेखि सम्वन्धमा नाटकीय रूपमा सुधार आउने सङ्केत देखिएका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमवीच एक बर्ष अगाडि पहिलो शिखर बैठक भएको थियो भने फेब्रुअरीमा दोस्रो शिखर बैठक भएको थियो । ती बैठकहरूमा भएका सहमतिहरूबाट अहिले दुवै देश पछाडि हटेर आपसी सम्वन्ध फेरि पुरानै अवस्थामा पुग्न लागेको अनुमान गरिएका समय ट्रम्पको यो भनाई आएको छ ।