१४ भदौ, एजेन्सी ।

उत्तर कोरियामा त्यहाँका नेता किम जोङ उनलाई अवज्ञा गरेको भन्दै २ बरिष्ठ अधिकारीहरुलाई सार्वजनिकरुपमा फाँसी दिइएको छ ।

सन्यास फिर्ता लिएका मेसीलाई नराम्रो झड्का

दक्षिण कोरियाली अखबारले जनाए अनुसार अगष्टको शुरुवातमै ती अधिकारीहरुलाई फाँसी दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर कोरियाका शासक किम जोङ उन

उत्तर कोरियाका शासक किम जोङ उन

उत्तर कोरियामा शासक किम जोङ उनसँग असहमत भएर बरिष्ठ अधिकारीहरु मारिने श्रृंखलाको पछिल्लो कडी मात्र भएको विश्लेषकहरुले बताएका छन् ।

किम जोङ उनले सन् २०११ मा सत्तामा आएपछि किम जोङ उनले आफूसँग असहमत हुने बरिष्ठ अधिकारी तथा आफन्तको हत्या गर्दै आएका छन् ।

उत्तर कोरियाबाट भागेकी युवतीको दर्दनाक कथा (भिडियो)

पछिल्लो पटक मारिनेमा त्यहाँका कृषि मन्त्री जुङआङ इल्बो र शिक्षा मन्त्रालयका बरिष्ठ अधिकारी रहेका हवाङ मिन रहेको बताइएको छ ।

साउदीमा फिल्म हल, उत्तर कोरियामा निलो जिन्स, विश्वका अनौठा ७ प्रतिबन्ध

उत्तर कोरिया सम्बन्धि विषय हेर्ने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले भने यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यस अघि गत वर्ष किम जोङ उनले आफ्नै अंकललाई पनि फाँसी दिएका थिए ।