बाँकी छालाको तुलनामा कुइना र घुडाको छाला बढी कडा हुन्छ, त्यसैले पनि बढी कालो हुन्छ । घुडा र कुइनाको कालोपनलाई साबुनले घोटेर हटाउँने प्रयास गर्नुभयो भने केही फरकपनको महसुस हुँदैन ।   यी भागको कालोपनालाई हटाउँन यस्ता सजिला टिप्स अपनाउँनुहोस् ।

बेकिङ सोडा – एक चम्चा बेकिङ सोडालाई दुधमा मिसाउँने र पेस्ट बनाएर लगाउँने । दिनमा दुई, तीन पटक घुडा वा कुइनामा लगाउँनुहोस् फरक देख्नुहुन्छ ।

बेसार, मह र दुध – बेसार, दुध र महलाई मिसाएर पेस्ट तयार गर्ने । त्यसलाई कुइना र घुडामा लगाएर कम्तिमा २० मिनेट राख्नुहोस् र भिजेको हातले समाज गर्दै पानीले धुनु होस् ।

चिनी र जैतुनको तेल – चिनी र जैतुनको तेललाई मिसाएर गाढा पेस्ट बनाउँनुहोस् । घुडा र कुइनामा ५ मिनेटसम्म राम्ररी मसाज गर्नुहोस् । केही समयपछि साबुन लगाएर पानीले धुनुहोस् ।

कागती र मह – एक चम्चा कागतीको रसलाई एक चम्चा महमा मिक्स गर्नुहोस् । कालो भएको छालामा लगाएर २० मिनेटका लागि राख्नुहोस् र सुकेपछि पानीले धुनुहोस् ।

बेसार र कागती – बेसारमा कागतीको रस मिलाएर गाढा पेस्ट बनाउँनुहोस् । हातको कुइना र घुडामा मसाज गर्दै पेस्ट लगाउँनुहोस् र सुक्न दिनुहोस् । एक हप्तासम्म लगातार यो प्रक्रिया अपनाउँनुहोस्, कालो कुइनाको रंगमा परिवर्तन आउँछ ।

बटर – कोका बटर र शिया बटरलाई मिसाएर सुत्नअघि कुइना र घुडामा लगाउने र बिहान उठेपछि धुने ।

ध्युकुमारी – ध्युकुमारीको जेललाई आधा घन्टा घुडा र कुइनामा लगाएर छोडिदिनुहोस् । सुकेपछि धुनुहोस्, एक हप्ताभरि यसरी प्रयोग गर्नुहोस्, फरक देख्न सक्नुहुन्छ ।

दही र सिरका – बराबर मात्रामा दही र सिरकालाई मिसाएर प्रभावित छालामा लगाएर राम्ररी सुक्न दिनुहोस् । सुकेपछि हल्का–हल्का मालिश गर्दै पानीले धुनुहोस् । यसबाहेक तपाई कागती, सुन्तला, अंगुर र टमाटरजस्ता मौसमी फलहरुको पनि प्रयोग गर्न सक्नुहुन्छ ।