गर्मी महिना आएसंगै कुकुरले टोकेको घटना वृद्धि हुन थालेका छन्। कुकुर वा अन्य कुनै पनि जनावरले टोकेमा रेबीज नामक भाइरसको संक्रमण हुनसक्छ । यस वाइरस एकदम चाँडो ‘सेन्ट्रल नर्वस सिस्टम’मा आक्रमण गर्छ । यस्तो अवस्थामा व्यक्ति कोमामा जाने वा समस्या बढ्दै गएमा मृत्यु पनि हुनसक्छ । त्यसैले, कुकुरले टोकेमा तत्कालै सबैभन्दा यी ५ काम गर्न आवश्यक हुन्छ ।

१. पानीले पखाल्ने – शरीरको जुन भागमा कुकुरले टोकेको छ, त्यसलाई सफा पानीले पखाल्नुहोस् । यसो गर्नाले घाउमा ब्याक्टेरियाको खतरा कम हुन्छ ।

२. घाउलाई नथिच्नुहोस् – यदि घाउबाट रगत बगिरहेको छ भने त्यसलाई नथिच्नुहोस् वा रोक्ने काम नगर्नुहोस् । केही समयसम्म रगत बग्न दिनुहोस् ।

३. एन्टिबायोटिक क्रिम लगाउनुहोस् – कुकुरले टोकेमा तत्कालै एन्टिबायोटिक मलम लगाउँनुहोस् । यसले पुरै शरीरमा संक्रमण फैलनबाट रोक्छ ।

४. ब्यान्डेज गर्नुहोस् – घाउलाई ब्यान्डेज गर्नुहोस् । यसले वातावरणमा रहेको ब्याक्टेरिया घाउसम्म पुग्न पाउँदैन ।

५. ‘एन्टि रेबिज इन्जेक्सन’ लगाउनुहोस् – घाउलाई सफा पानीले धुने, क्रिम लगाउँने तथा ब्यान्डेज गर्ने काम एक प्राथमिक उपचार हो । यसपछि लगत्तै चिकित्सक कहाँ जानुहोस् र चिकित्सकको सल्लाहअनुसार रेबीजविरुद्ध खोप लगाउँनुहोस् ।