कुशल श्रेष्ठ

हिन्दु धर्ममा विशेष गरी विष्णु, कृष्ण, राम र शिव भगवानलाई नीलो अवतारको रूपमा देख्न सकिन्छ। उनीहरूको छालाको रङ्ग नीलो अथवा कालो भएको तस्विरहरूमा देख्न सकिन्छ। वास्तवमा भन्ने हो भने, हिन्दु धर्म प्रतीकै प्रतीकले भरिएको छ र नीलो रङ्ग पनि एक प्रतीक हो भनेर बुझ्न सकिन्छ।krishna-460_1706584i

नीलो रङ्ग ‘अनन्त’ को प्रतीक हो, जसको कुनै रूप-रङ्ग अनि आदि र अन्त्य हुँदैन। यो त प्राकृतिक नियम नै हो कि जुन वस्तु नाप्न सकिँदैन, जसको उदात्त स्वभाव हुन्छ अनि जुन अनन्त हुन्छ, त्यसको रङ्ग नीलो नै हुन्छ। दुवै हातमा पानी लिनुस्, त्यसको कुनै रङ्ग हुँदैन। तर त्यो विशाल सागरलाई हेर्नुहोस्, त्यो पनि त पानी नै हो, तर त्यसको रङ्ग नीलो हुन्छ। वरिपरिको खुला ठाउँलाई हेर्नुस्, त्यसको कुनै रङ्ग हुँदैन। तर माथि आकाशमा हेर्नुहोस्, त्यो अनन्त फैलिएको अन्तरीक्षको रङ्ग हामीले हेर्दा नीलो नै देख्छौँ।Why some Hindu Gods are blue in color 24989713

यसको मतलब, जुन कुराको कुनै अन्त्य देखिँदैन, त्यसलाई हाम्रो नजरले नीलो नै देख्छ।god,hindu,lordshrirama,rama,shiva-567667de573fef2793c5ea8d78e79129_h

भगवानको आकृतीलाई पनि यसैसँग तुलना गर्न सकिन्छ। भगवान त केवल एक छन्-परमब्रह्मा, जसको अनन्त रूप छ, उससँग सृष्टि र रचनाको अथाह सागर छ। उसको लीला अपरम्पार छ। जताततै उनी नै समाहित छन्। पञ्चभूत देखि पञ्चलोकसम्म उसकै बास छ, यानिकी ऊ अनन्त छ, त्यसैले हाम्रो साधारण ३ आयामीय आँखाले उसको असीमिततालाई हेर्दा सागर झैँ नीलो देखिन्छ। आखिर मानवले बनाएको भगवानको आकृती पनि त आकारहीन परमब्रह्मालाई निश्चित रूप दिने प्रयत्न गरेको हो।

यो पनि हेर्नुहोस्-
हिन्दु धर्मका केहि अन्धविश्वासका पछाडि यस्ता कारणहरू छन्…
हिन्दु धर्ममा ३३ करोड देवता छन् भन्छन् नि, के यो सत्य हो?
हिन्दु धर्ममा ‘१०८’ अङ्को महत्व थाहा पाउनुभयो भने, तपाईँ आफै चकित पर्नुहुन्छ
हनुमान चालिसामा निकालिएको छ सूर्य र पृथ्वीबीचको दूरी…
पानीमा पैसाको सिक्का फाल्ने चलन कहाँबाट कसरी आयो, थाहा छ?