समुन्द्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगको विशेष महत्व छ । हरेक अंग प्रत्यंगको चालले भविष्य र स्वभाव निर्धारण गर्छ । हाम्रो शरीरका अनेक अंगमा हुने प्रतिक्रियाले पनि विशेष अर्थ राख्छ ।

समुन्द्र शास्त्र अनुसार कुनै पनि अंग फरफराउँदा त्यसको विशेष अर्थ हुन्छ । सामान्यतः पुरुषलाई दायाँ अंगले राम्रो र महिलालाई बायाँ अंगले शुभ फल दिने समेत समुन्द्र शास्त्रको भनाइ छ ।

कुन अंग फरफराउँदा के अर्थ ?

१ गाला
समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको दुवै गाला फरफरायो भने धनलाभ हुन्छ ।

meaning of organ reaction 1

२ काँध
यदि दायाँ काँधमा फरफर भयो भने बुझ्नुस् तपाइँलाई फाइदा मिल्ने वाला छ ।

meaning of organ reaction 3

३ कन्चट
कहिले काँहि कन्चटमा पनि फरफर अनुभव हुन्छ । यदि कन्चट फरफरायो भने आर्थिक लाभ हुन सक्छ ।

meaning of organ reaction 4

४ निधारमाथिको भाग
निधारमाथिको भाग फरफरायो भने बुझ्नुस् तपाइँलाई सम्मान मिल्ने वाला छ । यसले भौतिक सुख र समृद्धी बढ्ने संकेत पनि गर्छ ।

meaning of organ reaction

५ बायाँ काँध
यदि कुनै पनि ब्यक्तिको बायाँ काँध फरफराउँछ भने त्यसले सफलताको संकेत गर्छ ।

६ निधारको तल्लो भाग

निधारको तल्लो भागमा फरफर गरेमा यसले पनि शुभ संकेत गर्छ । यसले तपाइँलाई बढुवा वा उच्च पद मिल्ने संकेत गर्छ ।

७ दायाँ खुट्टो

पुरुषको दायाँ खुट्टो फरफराएमा यसले अशुभ संकेत गर्छ । यसले मान सम्मानमा हानी हुने मानिन्छ ।

meaning of organ reaction 5

८ बायाँ खुट्टो

तपाइँको बायाँ खुट्टो फरफरायो भने यसले लामो यात्रा हुने संकेत गर्छ ।

९ दायाँ आँखा
पुरुषलाई दायाँ आँखा फर्किनुको अर्थ शुभ मानिन्छ । दायाँ आँखा फर्किँदा ब्यक्तिको चाहाना पुरा हुने समुन्द्र शास्त्रको भनाइ छ । स्त्रीका लागि दायाँ आँखा फरफराउनु अशुभ मानिन्छ ।

meaning of organ reaction 6

१० बायाँ आँखा

कुनै पनि पुरुषको बायाँ आँखा फरफराएमा अशुभ मानिन्छ । यसले तपाइँलाई नोकशानी हुने वा खराव खबर पाउने संकेत गर्छ । तर स्त्रीका लागि बायाँ आँखा फरफर गर्नु राम्रो मानिन्छ । यसले शुभको संकेत गर्छ ।

११ ओंठ

ओंठको दाइने भाग फरफरायो भने राम्रो खानेकुरा प्राप्त हुने संकेत गर्छ । नयाँ साथीसँग भेट हुने सम्भावना पनि हुने समुन्द्र शास्त्रको भनाइ छ । तर तल्लो भाग फरफरायो भने झगडा पर्ने संकेत गर्छ ।

यो पनि हेर्नुस्

यस्ता ओंठ हुने स्त्री कामुक हुन्छ

हातमा यस्ता रेखा भए जीवनभरी तनाव हुन्छ  

यस्ता रेखा हुने ब्यक्ति दुर्घटनामा पर्न सक्छन्