रातभर साथीहरुसंग रमाइलोे गरेको ह्याङ्गओभर सजिलै उतार्न गाह्रो पर्दछ । कहिलेकाहि त झन दुई तिन दिनसम्मै ह्याङ्गओभर रहिरहने हुन्छ । यसको लागी मानिसहरुले विभिन्न उपाय अपनाएका हुन्छन् । हालै गरिएको एक अनुसन्धानबाट पत्ता लागे अनुसार ह्याङ्गओभर उतार्न विश्वभरका व्यक्तिले यि तरिका अपनाउने गर्दछन् ।

– रोम – यहाँ केनरी नामको चरालाई राम्रोसंग पकाई त्यसको हड्डी खाएर रक्सीको नशा उतारिन्छ ।

– फिलीपिन्स – हाँसको काचो अण्डा खाएर ह्याङ्गओभर उतारिन्छ ।

– नामिविया – यहाँका व्यक्तिले भैसीको दुध खाएर रक्सीको नशा उतार्ने गर्दछन् ।

-प्युर्टोरिको – यहाँका व्यक्तिले रक्सी पिउनु अघि अन्डरआर्ममा कागती रगड्दछन् । यसो गर्दा रक्सीको ह्याङ्गओभर नरहने मान्यता छ ।

– जापान यहाँका व्यक्तिले उमिबोशी नामक मसालेदार अचार खाने गर्दछन् ।

-जर्मनी ह्याङ्गओभर उतार्न रोलमोप्स नामक खानेकुरा तयार पारिन्छ । जुन माछा र प्याजबाट बनाइएको हुन्छ ।

-क्यानडा यहाँका व्यक्तिले तारेको आलुमा कालो मरिच राखेर ह्याङ्गओभर उतार्ने गर्दछन् । साथै पपकर्न र दहिको ग्रेभि पनि खाने गर्दछन् ।

-नर्वे – उमालेको पानीमा माछा राखेर त्यसको झोलमा बटर मिसाएर खाने गर्दछन् ।

-हाइटी – यहाँका कतिपय व्यक्तिले सुई लगाएर ह्याङ्गओभर उतार्ने गर्दछन् ।

-ग्रीस – यहाँका व्यक्तिले ह्याङ्गओभर उतार्न भेडाको मासु र लाटेकोसेरोको दुइटा अण्डा खाने गर्दछन् ।

-आयरल्याण्ड -यहाँका व्यक्तिले नदि किनारको गिलो माटोमा सुतेर ह्याङ्गओभर उतार्ने गर्दछन् ।

-हंगेरी – ह्याङ्गओभर उतार्न भगेराको मासु खाने गर्दछन् ।

-टर्की- यहाँका व्यक्तिले अदुवा, प्याज र क्रिम उमालेर त्यसको सुप खाने गर्दछन् ।

-मंगोलीया – टमाटरको जुसमा लाटेकोसेरोको अण्डा उमालेर खाने गर्दछन् ।