उमेश पौडेल।

आजको एकाइसौँ शताब्दी भनेको सुचना प्रविधीको युग हो । मानिसको दैनिक जीवनसंग निजकको सम्बन्ध भएको चिज हो इन्टरनेट । आमसंचार तथा आधुनिक प्रविधिको विकास भएसंगै आजको युगले धेरै फड्को मारिसकेको छ । सन् १९९० को दशकमा सुरु भएको इन्टरनेट प्रविधिले आज संसारलाई एकै छानामुनी बनाएको छ ।

यो संगै नेपालमा इन्टरनेट प्रयोगकर्ता पनि दिनानुदिन बढिरहेका छन्। तथापी पहिलो पटक इन्टरनेट जोड्न लाग्दा कुन सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्ने दुविधा भने सबैमा रहने गरेको छ।

नेपालमा केही नाम चलेका इन्टरनेट सेवा प्रदायकले विभिन्न प्याकेजमा इन्टरनेटको सेवा दिदै आएका छन्। सेवा प्रदायक छान्दा आफुलाई सहज पर्ने गरि उपयुक्त प्याकेज छान्नु पर्दछ। तार सहितको इन्टरनेट जोड्ने कि वायरलेस (ताररहित) जोड्ने? अनलिमिटेड इन्टरनेट लिने कि भोल्युमबेस इन्टरनेट लिने? कति गतिको लिने? जस्ता प्रश्नको बारेमा इन्टरनेट जोड्नु अगाडी नै तय भए सेवा प्रदायक छान्न सजिलो हुन्छ।

यहाँ केही चर्चित इन्टरनेट सेवा प्रदायकको बारेमा जानकारी गराइएको छ।

वर्ल्ड लिंक कम्युनिकेसन

न्युनतम १३ सयमा ५१२ केविपिएस प्रतिमहिनाका दरले यो कम्पनिले सेवा उपलब्ध गराउँदै आएको छ । यसका विभिन्न प्याकेजमा ५१२ केविपिएस देखि ५० एमविपिएस सम्मका स्पिडमा उपलब्ध छन् । विभिन्न प्याकेजमा विभिन्न वर्ग र समूहलाई लक्षित गरी यसले आफ्नो वजार विस्तार गरीरहेको छ । यसको तार र ताररहित इन्टरनेट सेवा उपलब्ध छ । यसले भोल्युमबेसमा पनि सेवा उपलब्ध गराउँदै आएको छ ।

सुविसु केवलनेट

न्युनतम १४ सयमा ७७७ केविपिएस प्रतिमहिनाका दरले यो कम्पनिले सेवा उपलब्ध गराउँदै आएको छ । इन्टरनेट जोड्दा केबल टि.भि निशुल्क दिने कम्पनिले जनाएको छ । यसको पनि विभिन्न प्याकेजमा विभिन्न गतिको इन्टरनेट सुविधा रहेको छ ।

क्लासिकटेक

न्युनतम १३ सयमा ५१२ केविपिएस प्रतिमहिनाका दरले यो कम्पनिले सेवा उपलब्ध गराउँदै आएको छ । यसको तार र ताररहित इन्टरनेट सेवा उपलब्ध छ । यसले पनि आफ्नो व्यापार विस्तार गर्न विभिन्न प्याकजमा सेवा उपलव्ध गराउँदै आएको छ । यसले भोल्युमबेसमा पनि सेवा उपलब्ध गराउँदै आएको छ ।

ब्रोडलिंक कम्युनिकेसन

यो एउटा हटस्पट हो । न्युनतम ११३० प्रतिमहिनामा ५१२ को गतिमा यो कम्पनिले सेवा उपलव्ध गराउँदै आएको छ । यो कम्पनिले पनि आफ्नो सेवालाई देशको विभिन्न भागमा पुर्याउँदै उच्च गतिको इन्टरनेट उपलव्ध गराउने लक्ष्य राखको छ । यसले भोल्युमबेसमा पनि सेवा उपलब्ध गराउँदै आएको छ ।

साथै एनटिसी, एनसेल र युटिएलले पनि इन्टरनेट सुविधा विभिन्न प्याकेजमा उपलब्ध गराउँदै आएका छन्।

समग्रमा हेर्दा सवै इन्टरनेट सेवा प्रदायक कम्पनिहरुको आफ्नै विशेषता र प्याकेजहरु रहेका छन् । आफुलाई अनुकुल हुने गरि जुनसुकै सेवा प्रदायकको इन्टरनेट जोड्न सकिनेछ।