छ महिनासम्म सुत्ने अनि छ महिनासम्म उठेर जे भट्टायो त्यहि खाने रामायणको पात्र ‘कुम्भकर्ण’लाई त हामी सबेले चिनेकै छौँ। तर, कुम्भकर्णले यस्तो किन गर्थे, के तपाईँलाई थाहा छ?

चर्चित धर्मग्रन्थ रामायणमा, लङ्काको दुष्ट राजा रावणको कान्छो भाई थिए कुम्भकर्ण। हुन त उसको शरीर भयङ्करको थियो, तर उसको मन रावणको जस्तो दुष्ट थिएन, अनि बुद्धिमानी पनि थिए।

श्रीराम र रावणको घमासान युद्ध भैरहेको बेला, रामलाई हराउनको लागि रावणले कुम्भकर्णसँग सहयोग माग्छन्। तर, जब रावणले सबै यथास्थितिको बारेमा कुम्भकर्णलाई बताए, तब कुम्भकर्णले यो गलत हो भनेर रावणलाई सम्झाउने कोशिस गरे। आफ्नो दाईले कुरा नसुनेपछि, कुम्भकर्णले रामसँग युद्ध गर्न बाध्य भए।Kumbhakarna

कुम्भकर्ण लगातार छ महिनासम्म सुतेर छ महिनासम्म खानुको कारण यस्तो रहेको छः

इन्द्रदेवः

सारा देवहरूका राजा ‘इन्द्रदेव’ असाध्यै घमण्डी, लोभी अनि ईर्ष्यालु स्वभावका थिए। कसैले तपस्या गरेको थाहा पाउने बित्तीकै आफ्नो सिंहासन खोस्ने डरले उसको तपस्या भङ्ग गर्न खोज्थे। यसैगरी, कुम्भकर्णको विशाल शरीर र बुद्धि देखेर इन्द्रदेवले अति नै ईर्ष्या गर्न थाले।Why Kumbhakarna slept for 6 months (6)

यज्ञः

यता, ब्रह्मादेवलाई खुसी पार्नका लागि तीन भाइ- रावण, कुम्भकर्ण र विभीषण मिलेर यज्ञ गर्न लागे।Why Kumbhakarna slept for 6 months (5)

वरदान वा श्रापः

तीन भाइको यज्ञ र प्रार्थना देखि प्रसन्न भएर ब्रह्माजी त्यहाँ आइपुग्नुभयो र कुम्भकर्णलाई के वरदान माग्छौ भनेर सोध्नुभयो। त्यो कुरा सुनी तीनै भाइ खुसी भए र कुम्भकर्णले ‘इन्द्रासन’ (इन्द्रको सिंहासन) भन्न खोज्दा उसको मुखबाट ‘निन्द्रासन’ (सुत्ने बिस्तारा) वाणि निस्कियो।Why Kumbhakarna slept for 6 months (2)

आफूले बोलेको कुरा सुनी आफै छक्क परे, कुम्भकर्ण। तर, ब्रह्माजीले ‘तथास्तु’ भनिसकेका थिए। कुम्भकर्णले वरदान माग्दा गल्ती भएको कुरा ब्रह्मालाई सुनाएपछि ब्रह्माले अब वरदान फिर्ता गर्न नमिल्ने कुरा बताए।

इन्द्रजालः

इन्द्रले कुम्भकर्णको ईर्ष्या गर्थे। कुम्भकर्णलाई फसाउने जाल पनि इन्द्रकै थियो। उनले जानीजानी सरस्वती देवीलाई कुम्भकर्णको मुखबाट ‘इन्द्रासन’को सट्टा ‘निन्द्रासन’ वाणि निकाल्न भनेका थिए।Why Kumbhakarna slept for 6 months (3)

कुम्भकर्णको निन्द्राः

ब्रह्मादेवबाट पाएको वरदानले गर्दा कुम्भकर्णले लगातार छ महिनासम्म सुत्नुपर्यो। अनि जब उनी उठ्थे, अगाडि जे भट्टाउँथे, त्यहि खाइदिन्थे। भनिन्छ, उसको भोक जे गरे पनि मेट्टिन्थेन। उनलै कैयौँ ऋषीमुनीहरूलाई पनि खाइसकेका थिए।Why Kumbhakarna slept for 6 months (4)

यो पनि हेर्नुहोस्-
सीता जनक होइन् रावणकी छोरी, त्यसैले भएन रावणसँग विवाह
महादेवसंग तेश्रो आँखा कसरी आयो?
हनुमान अझै जिउँदै छन्, यस्ता छन् प्रमाण
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि
हिन्दु धर्मका पवित्र ग्रन्थको सूची, यी ग्रन्थ पढ्न नछुटाउनुस्