एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक महिलालाई कुरान जलाएको आरोपमा भीडले कुटी कुटी मारेका छन ।

मारेपछि महिलाको शव नदी किनारमा लगेर आगो लगाई जलाइदिएका छन । तर पुलिसले भने भीडद्वारा महिला मारिनुको पछाडिको कारण अझै स्पष्ट नभएको बताइरहेको छ ।

 

 

kuran-3

 

एक स्थानीय च्यानलले आफ्नो वेवसाइडमा लेखेको छ, महिलाको हत्याको कारण उनको कुरानको पान्ना जलाउँदा भएको हो ।

kuran-1

महिलाका परिवार भने उनी कयौं वर्षदेखि मानसिक विरामी रहेको बताउछन् । पुलिसले यस मुद्दामा अहिलेसम्म चार जनालाई गिरफ्तार गरेको छ । मानवअधिकारवादी संगठनले घटनाको निन्दा गर्दै जाँचको माग गरेको छ ।