६ भदौ, सुरुङ्गा(झापा) ।

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक झापालीको गएराति हृदयघातबाट मृत्यु भएको छ ।

गौरादहका ३५ वर्षीय दुर्गाप्रासाद ढुङ्गेलको हृदयघातको कारण मृत्यु भएको कुवेतस्थित झापाली समाजका अध्यक्ष राजु धिमालले जानकारी दिए ।

उनी टानजीप कम्पनीमा १२ वर्षदेखि काम गर्दै आएका थिए ।