१ फागुन, काठमाडौं।
नयाँ जनशक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरको विकासको माग गर्दै गरिएको आन्दोलनलाई जनकपुर गई समर्थन गरेका छन् ।

फाइल तस्बिर

जनकपुरको जनक चौकमा पुगी उनले विकासका लागि यसप्रकारको दबाब आवश्यक रहेको बताए ।

उनले रामकुमार शर्मा जनकपुरको समग्र विकासका लागि अनसन बसेको भन्दै आफूले उनको अनसन सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले शर्माको अनशन सम्बन्धमा अनभिज्ञता प्रकट गरेको जानकारी दिदैँ उनले देशको प्रधानमन्त्रीले ११ दिन भइसकेको अनसन सम्बन्धमा अनभिज्ञता प्रकट गर्नु हास्यास्पद रहेको बताए ।

यो अनशनलाई कुनै पार्टीको कार्यकर्ताको अनशनको रुपमा मात्रै नभएर सम्पूर्ण जनकपुरवासीको विकासका लागि गरिएको संघर्षको रुपमा लिन सबैसंग आग्रह गरे।

एक अर्को प्रसंगमा भट्टराईले प्रमुख दलहरुले गरेका त्रुटीकै कारण संविधान कार्यान्वयन हुन नसकेको दावी गरे। साथै आफूहरु छिटो भन्दा छिटो चुनाव होस भन्ने पक्षमा रहेपनि संघियता कार्यान्वयन नहुन्जेल निर्वाचन असम्भव भएको उनको भनाई थियो ।

निर्वाचन गर्नका लागि संविधान संशोधन देशका लागि आवश्यक रहेको भन्दै भट्टराईले प्रमुख दलहरुले संशोधनभन्दा पहिले निर्वाचनको कुरा झिकेर निहुँ खोजीरहेको आरोप लगाए।

भट्टराइले केपी ओली प्रवृति र सिके राउत प्रवृति एउटै सिक्काका दुई पाटा रहेको बताएका छन् । उनले मधेशी थारु, जनजाति लगायतका समुदाय माथि राज्यले विभेद गरेकै कारण सिके राउत प्रवृतिको जन्म भएको दावी गरे।

यो पढ्नुस्।

बाबुराम भट्टराईले माफी मागे