१४ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले हालै काठमाडौंमा गरेको एक कार्यक्रममा कांग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले बोलेको एउटा भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । सर्वसाधारणदेखि लेखक, पत्रकार, नेताहरुले समेत फेसबुकको यो भिडियो सेयर गरेका छन्।

यो भाइरल भिडियोमा केपी ओलीको राष्ट्रवादी मुकुण्डोलाई उतार्दै उनले संघीय सीमाकंनमा दिएको सहमतिबारे थापाले बोलेका छन् :

म नेकपा एमालेका अध्यक्षलाई यही मञ्चबाट आग्रह गर्न चाहन्छु । सरकारले संविधान संसोधनको प्रस्ताव सदनमा दर्ता गराएको छ । श्रद्धेय पार्टी नेता एवं सभापति यही हुनुहुन्छ । सबै पार्टीले अवरोध गरिरहनुभएको छ । देशलाई संकटबाट निकाल्न र संविधान संसोधन गर्न आवश्यक छ । काठमाडौंका मञ्चहरुबाट कुर्लदैं एमाले अध्यक्ष भन्नुभएको छ– यो संसोधन प्रस्ताव पारित भयो भने यो भन्दा ठूलो राष्ट्रघात अरु केही हुँदैन । म एउटा कुरामात्र स्मरण गराउन चाहन्छु । संविधानसभामा रेकर्ड छ–मैंले बोलेको होइन तथ्य आफैं बोल्छ ।सरकारले आज प्रदेशहरुको सीमाकंनको नक्सा संसदमा दर्ता गराएको छ । त्यो नक्सा न पुष्पकमल दाहाले बनाएको हो, न शेरबहादुर देउवाले बनाउनुभएको नक्सा हो ।
सदनमा अहिले पनि रेकर्ड छ केपी ओलीले हिजो बनाएर बुझाउनुभएको नक्सा आज फोटोकपि गरेर बाँड्दै गर्दा हामी राष्ट्रघातीय हुने ? यही नक्सा हिजो केप ओलीले बुझाउँदा सबैभन्दा ठूलो राष्ट्रवादी हुने ? यस्ता विषयमा उभिएर कांग्रेसका मान्छेहरुले प्रश्न गर्न सक्ने की नसक्ने ?
अरु थप सुन्नका लागि हेर्नुहोस् भिडियो :