१ वैशाख, काठमाडौ ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संविधान लेखनमा देखिएका विवादमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन ।

संविधानसभा भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग  कुराकानी गर्दै अध्यक्ष दाहालले भने, ‘‘हामीले सहमतिको आधारमा नै संविधान लेखनको काम अगाडि बढोस् भनेर आमहड्ताललगायतका कार्यक्रम स्थगित ग¥यौ तर सत्तारुढ दलमा अझै जिम्मेवारीवोधको अभाव देखिएको छ ।’’

यसबीचमा भएका अनौपचारिक सम्वादले विवादित विषयलाई साँघुरो बनाउन बल पुगेको उल्लेख गर्दै उनले निरन्तर सम्वाद जारी राख्न र त्यसको नेतृत्व लिन आफूले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गरेको जानकारी दिए ।

संविधानसभाको अर्को बैठकको मिति आगामी वैशाख ६ गतेसम्म केही न केही निकास निकाल्नुपर्ने पक्षमा आफू रहेको उनको कथन थियो ।

Prachanda sitting on sofa

सोमबारको प्रमुख राजनीतिक दलको बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष दाहालले अरु विषयमा सहमति भएपनि राज्य पुनः संरचना र निर्वाचन प्रणालीका विषयमा सबै पक्षलाई नमनाइकन गरिने सहमति दिगो नहुने बताए ।

विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन हुनुपर्ने र त्यसका आधारमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।

बाह्यभन्दा आन्तरिक कारणले नै सहमतिमा भाँजो हालिरहेको उनको सङ्केत थियो । सहमति निर्माणका लागि आफूले एकपटक पुनः जोखिम मोल्ने उल्लेख गर्दै अध्यक्ष दाहालले आमहड्तालकको स्थगन त्यसैको एउटा उदाहरण भएको बताए।