२० मंसिर, एजेन्सी ।

यतिबेला बलिउड अभिनेत्री ऐश्वर्या रायले आत्महत्याको कोशिस गरेको भन्दै समाचार बलिउडमा भाइरल बनेको छ । भारतीय सञ्चार माध्यमहरुले यो समाचारको पुष्टी गर्न नसक्ने भन्दै समाचार प्रकाशित गरिरहेका छन् ।

१४ सय ६८ अर्वका मालिकलाई मृत्यु दण्डको सजाय

रिपोर्टमा जनाइए अनुसार ऐश्वर्याले बैबाहिक जिन्दगीमा तनाव बढेको र पछिल्लो चलचित्रमा आफूले दिएको सिनमा परिवारले गम्भिर आपत्ति जनाएको भन्दै यस्तो कदम चालेको उल्लेख छ ।

aish-in-bed

उनले दिएको एक चलचित्रको बोल्ड सिनले बच्चन परिवारमा हंगामा मच्चिएको भन्दै विभिन्न समाचार प्रकाशित भएका थिए । यसै तनावलाई झेल्न नसकेर ऐश्वर्याले आफ्नो हातको नशा काटेको समाचारमा जनाइएको छ ।

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो

ऐश्वर्या बेहोस भएपछि घरमा चिकित्सक बोलाएर उनलाई बचाइएको र उनले आफूलाई मर्न दिन आग्रह गरेको समेत समाचार माध्यमहरुले जनाएका छन् ।

तर के यो सत्य हो त ?

उनले आत्महत्याको कोशिस गरेको भन्दै प्रकाशित समाचारमा ‘ऐ दिल है मुश्किल’ मा ऐश्वर्याले रणबीरसँग दिएको बोल्ड सिनले उनलाई परिवारमा अहसज अवस्था आएको भनेका छन् । तर ऐश्वर्याका ससुरा अमिताभ बच्चनले केही दिन अघि उक्त चलचित्रमा ऐश्वर्याको रोललाई स्ट्रोङ रहेको भन्ने प्रतिक्रिया दिएका थिए ।

aish-in-bed
आत्महत्या प्रयास गरेको भन्दै सार्वजनिक तस्विर पनि वास्तविक जीवनको नभएर १२ वर्ष अघि रिलिज भएको चलचित्र ‘खाकी’ को सुटिङको क्रममा लिइएको बताइएको छ । त्यतिबेला उनी घाइते भएका कारण अस्पताल भर्ना गर्नु परेको थियो ।

कानुनमन्त्रीले ओलीलाई दिए खुला चुनौती- यसो भन्न सक्नु हुन्छ ?