बलिउड नायक विवेक ओब्रोयले एक्स गर्लफ्रेन्ड ऐश्वर्या राय र उनका पूर्व सम्बन्ध सम्बन्धित मीम ट्वीट गरेपछि तहल्कै मच्चाए। विवेकको चौतर्फी आलोचना भयो। भारतको राष्ट्रिय महिला आयोगले माफी माग्नुपर्ने सूचना जारी गर्यो। बलिउड नायिका सोनम कपुरले घटिया र तल्लो स्तरको काम भन्दै विवेकको आलोचना गरिन। ऐश्वर्याका पति अभिषेक बच्चनले चाहिँ के प्रतिक्रिया दिए होलान ?

विवेकले सेयर गरेको मीममा आफु र सलमानसंग ऐश्वर्याको सम्बन्ध भएपनि विवाह अभिषेकसंग गरेको व्यङ्ग्य गरिएको थियो। अभिषेक जो सामान्यतया कुल, शान्त प्रवृतिका मानिन्छन्, उनी समेत रिसाएको खबर प्रकाशित भएका छन्। विवेकको यस्तो टवीटको प्रतिकार गर्न उनी कदम चाल्न तयार थिए।

ऐश्वर्यालाई ट्रोल गर्दा फसे विवेक

खबरका अनुसार, पत्नी ऐश्वर्याले उनलाइ शान्त बनाइन। यो काण्डको बारेमा थाहा पाउँदा ऐश्वर्या कान्स फिल्म फेस्टिभलमा सहभागी भइरहेकी थिइन। विवेकको ट्वीटले उनलाई आश्चर्यमा पार्यो। उनलाई थाहा थियो कि विवेकले आफ्नो आउँदो फिल्म ‘द नरेन्द्र मोदी’ को प्रचारको लागि चर्चा बटुल्न यसो गरेका थिए। अझै यो नाटक लम्बिन नदिन ऐश्वर्याले अभिषेकलाइ रोक्नु सिवाय अरु चारा थिएन।

कान्समा ऐश्वर्या बनिन मेर्मेड र एन्जल!

विवेक भने आफुले कुनै गल्ती नगरेको र माफी नमाग्ने भन्दै आएका थिए। सबै हास्दै छन्, किन माफी माग्नु भनिरहेका उनले अहिले सो ट्वीट डिलिट गरेर माफी समेत मागेछन्।