हिन्दू धर्ममा शारीरिक तथा मानसिक र आध्यात्मिक स्वच्छतालाई निकै प्राथमिकता दिइन्छ । यदि कोही शास्त्रअनुसार आफ्नो जीवन व्यतित गर्न चाहन्छ भने, उसले पहिलो स्नान विहान ४ देखि ५ बजेको समयमा गर्नुपर्छ । दास्रो पटक मध्यान्हको समयमा र तेस्रो पटक साँझको ६ बजेपछि स्नान गर्नुपर्छ ।

bath snan

हिन्दू शास्त्रअनुसार, पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनुलाई पनि महत्व दिइएको छ । कतैबाट घरमा पुगेपछि आफ्नो हात – खुट्टा धुनुपर्छ, यसबाहेक खाना खानअघि र खाएपछि पनि आफ्नो हात–खुट्टा धुनुपर्छ ।

आचार्य चाणक्यअनुसार, शवयात्रा अथवा अन्तिम संस्कारबाट फर्किएपछि घरमा प्रवेश गर्नुअघि अवश्य अनुहाउनु पर्छ । मृत्युपछि शवबाट निस्कने ब्याक्टेरियाले वरपर रहेका व्यक्तिहरुमा असर गर्छ ।

त्यस्तै चाणक्यका अनुसार, संभोगपछि स्नान गर्न अत्यन्त आवश्यक छ । यस्तै, हप्तामा एक पटक पुरै शरिरलाई तेलले मालिस गर्न आवश्यक हुन्छ । तर, तेलले मालिस गरेपछि नुहाउन एकदमै जरुरी हुन्छ । त्यसैगरी, कपाल काटेपछि अवश्य स्नान गर्नुपर्छ ।

ग्रन्थहरुमा उल्लेख छ, शरीरमा स्वाच्छ पानी हाल्नाले धार्मिक र शारीरिक शंक्तिहरुलाई पनि बल मिल्छ । यसो गर्नाले तपाईका मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ ।