यदि हामी आफ्नै शारीरिक अंगका बारेमा ध्यान दियौँ भने, कहिले त आफै अचम्ममा पर्छौ । जस्तै हाम्रो छालामा हुने छिद्र, हातमा बनेको बांगो–टिंगो रेखा, जसले अंगलाई पूर्णता दिएको हुन्छ ।

प्रत्येक व्यक्तिको नङ फरक–फरक हुन्छ । हात वा खुट्टा दुवै नङको आकार फरक हुन्छ, त्यस्तै एउटा चीज सबैमा हुन्छ, त्यो हो नङमा बनेको अर्ध चन्द्राकार ।

के तपाईले कहिल्यै नङमा बनेको सेतो अर्ध–चन्द्राकारको महत्वको बारेमा सोच्नुभएको छ ? यस आकारलाई अंग्रेजीमा ‘हाफ मुन’ भनिन्छ । खासमा यो अर्ध–चन्द्रकार निशान सेतो नहुने भन्ने गरिएको छ । यो नङले गर्दा सेता रंगको देखिएको हो । यस निशान नङको मुनितिर हुन्छ, तर यो ढाकिएकाले नङको कारण सेतो देखिने हुन्छ ।

नङको मुनि यो निशान सबैमा हुन्छ, तर, यस्तो निशान सबैमा देखिन्छ भन्ने चाहीँ हुँदैन । कहिले काही एकदम फिक्का देखिन्छ । यदि गल्तिले नङको यस भागमा चोट लागेमा पुरै नङको बलिदान दिनपर्ने हुन्छ र फेरि पलाउने संभावना रहँदैन ।

यस बाहेक नङमा देखिने ‘अर्ध–चन्द्राकार’ निशानको अर्को रोचक प्रसंग छ । यदि तपाईको बुढी औँलामा यो निशान देखियो भने अन्यमा कम देखिन्छ । त्यस्तै, यदि कुनै हातका औलाहरुमा पुरा निशान देखिएमा त्यो व्यक्ति स्वस्थ्य रहेको बुझिन्छ । तर, यदि कम देखिएमा त्यो व्यक्ति रोगी रहेको बुझिन्छ । यस्ता व्यक्ति शारीरिक रुपले कमजोर हुने र उसको पाचन शक्ति पनि कमजोर हुन्छ ।

यो निशान जति धेरै सेतो, चम्किलो देखिन्छ उति नै व्यक्ति पनि शारीरिक एवं मानसिक रुपले तन्दुरुस्त मानिन्छ । तर, हल्का मात्रै सेतो देखिएमा वा पहेलो देखिएमा व्यक्ति भित्र विषाक्त पदार्थ बढेको संकेत गर्छ ।

यो पढनुस।

के तपाईलाई थाहा छ, श्रीकृष्णको वर्ण किन निलो थियो ?

के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? यस्ता छन् १० कारण

तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ?