कुशल श्रेष्ठ

पेट ढुस्स भएर फुल्ने, छाति र पेटको बीच बाग दुख्ने, उल्टी आउला जस्तो हुने, बेलाबेलामा भोक लागेको जस्तो हुने तर खान मन नलाग्ने, शरीर गल्ने, बोल्न मन नलाग्ने भएको छ भने तपाईँलाई पक्कै पनि ‘एसिडिटी’ भएको हुन सक्छ।

एसिडिटी हुनुको प्रारम्भिक कारण भनेकै ग्यास्ट्रिक हो। कतिपयले यस्तो लक्षणबाट छुट्कारा पाउन ENO औषधीको प्रयोग गर्छन्, जसले ६ सेकेण्डमै एसिडिटीबाट राहत दिने वाचा गर्दछ र कतिपय बेलामा गर्छ पनि।More Effective Home remedies for acidity than ENO

तर सन् १८५० मा ‘जेम्स क्रसली इनो’ले पेटको गडबडीलाई ठीक गर्ने यो रसायनिक औषधी बनाउँदा यसका साइडइफेक्टहरूको बारेमा राम्रोसँग जानकारी दिएका थिए। उनले भनेका थिए कि यो रसायनिक मिश्रणमा सबैभन्दा बडि सोडियमको प्रयोग गरिएको हुन्छ (०.८५ ग्राम प्रति ५ ग्राम इनो पाउडरमा), जसको धेरै उपयोगले शरीरमा भएको पानीलाई सोसेर रित्तो बनाइदिन्छ।Gastritis and Acidityतसर्थ ENO ले केवल ६ सेकेण्डमै एसिडिटीलाई त ठीक पार्छ, तर धेरै प्रयोगले शरीरमा निर्जलीकरण गराई मांशपेसी तथा अन्य अङ्गबाट अक्सिजन सहित पानीलाई पनि सोस्दछ, जसको परिणाम गतिलो त पक्कै हुँदैन। त्यसेले त्यसको सट्टा घरमै पाइने प्राकृतिक उपचार विधी अपनाउन सकिन्छ। जस्तै;

यदि ग्यास्ट्रिक अथवा एसिडिटीले पेट दुखाएको छ भने-
  • सिसाको १ गिलास दहीमा १ चिम्टी बेसार राखेर फेट्नुहोस् र पिउनुहोस्। यसले पनि १ मिनेटभित्रमा पेटको दुखाईलाई कम गर्दछ। त्यसपछि तपाईँको ग्याँसले भरिएको खाली पेट भर्नको लागि केहि खानेकुराहरू खाइहाल्नुहोस्। अनि बल्ल तपाईँलाई एसिडिटी र ग्यास्ट्रिकले पछ्याउन छोड्दछ।

dahi

  • १ गिलास पानीमा १ चिम्टी बेसार राखेर उमाल्नुहोस्, एकछिन मनतातो हुन दिनुहोस् र पिउनुहोस्। ग्यास्ट्रिक र एसिडिटीको पेट दुखाईलाई अनि चिल्लो-पीरोले पेट दुखेको छ भने पनि ठीक गर्दछ। केहि क्षणमा पेट दुख्न छोडेपछि, जे भएपनि खानुहोस्।
  • १ गिलास पानीमा १ चम्चा सोँफ राखेर उमाल्नुहोस्। त्यसलाई रातभरी छोपेर राख्नुहोस् र विहानपख सोँफको बियाँ झिकेर पानी पिउनुहोस्। नियमित यसरी पिउनाले एसिडिटी र ग्यास्ट्रिकको समस्याबाट छुट्कारा पाउन सकिन्छ।
यो पनि हेर्नुहोस्-
ग्यास्ट्रिक र एसिडिटी एउटै होइन र? यसका घरेलु रोकथामका उपायहरू के-के छन्?
दादबाट छुट्कारा पाउने घरेलु रोकथामका उपाय
घाँटी चलाउनै नमिल्ने भएको छ? घरेलु रोकथामका उपाय यस्ता छन्
ग्यास्ट्रिक गराउने खाना र यसलाई रोकथाम गर्ने खानेकुरा
उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा