धेरैजसोले घर बनाउँदा वास्तु शास्त्रको सुझाव पछ्याइरहेका हुन्छन् । घर बनाउँदा परिवारमा सुख समृद्धि रहोस् भन्नका लागि वास्तुशास्त्रको हिसाबलाई सकेसम्म पछ्याउने प्रयास गरिन्छ । चाहे त्यो ट्वाइलेट, बाथरुम, सिडि वा किचन नै किन नहोस्, वास्तुशास्त्र अनुसार नै बनाउँने गरिन्छ ।

कुनै पनि घरको ट्वाइलेट पूर्वोत्तर कुनालाई छोडेर जुनसुकै कुनमा बनाउँन सकिन्छ । यो दिशामा सौचालय बनाएमा परिवारका सदस्यहरुले स्वस्थ्य सम्बन्धि समस्या र आर्थिक संकटको समस्या भोग्नु पर्छ ।

toilets charpi

उत्तर वा पूर्व दिशामा ट्वाइलेटका लागि उत्तम स्थान मानिन्छ । अन्य दिशामा बनाए पनि हुन्छ, तर नुहाउन र नालीका लागि उत्तर वा पूर्व दिशालाई उपयुक्त मानिन्छ । त्यस्तै, पानीको बहाव उत्तर दिशातर्फ हुन आवश्यक हुन्छ ।

बाथरुममा एउटा ठूलो झ्याल हुन आवश्यक हुन्छ । तेल, साबुन, स्याम्पो, ब्रशआदि राख्ने आलमारी बाथरुमको दक्षिण वा पश्चिम दिशामा बनाउँनु पर्छ । बाथरुममा गाढा रंगको टायल्स लगाउनुहुन्न । खाली हल्का रंगको टायल्सको प्रयोग गर्नुपर्छ ।

गीजरजस्ता विद्युतिय उपकरण आगोसँग सम्बन्धित छ, त्यसैले यस्ता वस्तुहरुलाई अग्नेय कोण अर्थात् दक्षिण–पूर्व दिशामा राख्नुपर्छ ।

वास्तुअनुसार निलो रंग खुशीयाली र शुभको प्रतिक मानिन्छ, त्यसैले बाल्टी निलो रंगको राख्नुहोस् । त्यस्तै, बाल्टिनलाई सधै सफा पानीले भरेर राख्नुहोस्, घरमा सुख–समृद्धि रहिरहन्छ ।

त्यस्तै बाथरुममा पर्दा लगाउन सक्नुहुन्छ । बाथरुम र सुत्ने कोठा आमून्ने–सामुन्ने छ भने बाथरुमको ढोका सँधै बन्द राख्नुपर्छ ।