पेटमा कोशिकाको असामान्य वा अनियन्त्रित तरिकाले बढुनुलाई सरल भाषमा पेटको क्यान्सर भनिन्छ । पेटको भित्री पत्रमा फैलिँदै विस्तारै–विस्तारै बाहिर पत्रहरुमा आउन थाल्छन् । यस कारण पनि पेटको क्यान्सर सुरुको चरण थाहा पाउन सकिँदैन ।cancer-on

लक्षणहरुलाई वेवास्ता नगर्नुहोस – लक्षणहरु चाँडै नदेखिने भएकाले पेटमा क्यान्सर पलाइरहेको छ कि छैन थाहा हुँदैन । यसका लक्षण केही हदसम्म अल्सर वा अन्य पेटको विकार जस्तो लाग्न सक्छन् । यस्ता लक्षण देखिएमा सतर्क रहन आवश्यक छ ।

– धेरैजसो अपचको समस्या रहनु
– पेटमा दुखाई महसुश हुनु
– कम भोक लाग्नु
– कालो दिसा जानु
– खाएपछि वान्ता हुनु
– तौल घट्नु
– एनिमिया अर्थात् रगतको कमी हुनु

बिना अपरेसन यसरी उपचार सम्भव छ – सुरुमै क्यान्सर भइसकेको थाहा भएमा बिना शल्यक्रिया इन्डोस्कोपी विधिबाट पनि उपचार गर्न सकिन्छ । क्यान्सर थाहा हुनासाथ इन्डोस्कोपी अल्ट्रासाउण्डको माध्यमबाट रोगको गहिराईको जानकारी लिन सकिन्छ । चिकित्सकले क्यान्सर ग्रस्त भागलाई विना अपरेसन पेटबाट निकाली दिन्छन् । यस प्रक्रियामा इन्डोस्कोपी र अर्को उपकरणको सहयोगमा क्यान्सर टिस्युलाई निकालिन्छ ।

इयुएस प्रक्रियाबाट – यस प्रक्रियामा विना अपरेसन पेटको क्यान्सरको बारेमा गहन जानकारी गरी उपचार गरिन्छ । सिटी स्क्यिान तथा एक्सरेजस्तै यसमा रेडिएसन हुँदैन ।

इयुएस र परम्परागत इन्डोस्कोपीमा फरक – परम्परागत इन्डोस्कोपीको तुलनामा ईयुएसले पेटको सबै पत्रलाई हेर्न मद्दत गर्छ । यसबाहेक शरीरका बाहिरी अंगलाई पनि राम्ररी हेर्न सकिन्छ । ईयुएस प्रक्रिया अल्ट्रासाउण्ड र एन्डोस्कोपी विधिको मेल हो । यस प्रक्रियाको मद्दतले ग्यास्ट्रिक क्यान्सरलाई सुरुवाती चरणमा पत्ता लगाई तत्कालै सम्भव हुन्छ ।

यो पढ्नुस्।

सामान्य लाग्ने यस्ता लक्षण देखिए आन्द्राको क्यान्सर हुनसक्छ

नियमित चिया पिउनुहोस्, मुटुरोगबाट बच्नुहोस्