खानामा पर्याप्त ‘आइरन’ नहुँदा शरीर कमजोर बन्दै जान्छ । यसबाहेक शरीरमा कुनै रोगको संक्रमण छ भने चाहेजति आइरन लिन सक्दैन । यस्तो अवस्थामा रगतमा हेमोल्गोविनको मात्रा कमी भई कमजोरी महसुश हुन थाल्छ । आइरनको कमीलाई गम्भिर रुपमा लिन आवश्यक छ । शरीरमा आइरनको कमी हुँदा के–कस्ता संकेत देखा पर्छन्?

bald-head-1912313

कपाल झर्नु – सामान्यतया कपाल झर्नु, उम्रनु एउटा प्राकृतिक प्रक्रिया हो तर, लगातार कपाल झर्नु शरीरमा आइरनको कमीको संकेत हो ।

यस्ता कुरा खान मन लाग्नु – बरफ, माटो, चक तथा कार्डबोर्डजस्ता चीज खान मन लाग्नु आइरनको कमीको संकेत हो ।

यो पढ्नुस्: यी हुन कपाल झर्ने ८ कारण र ५ घरेलु समाधानका उपाय

झगडा गर्न मन लाग्ने – शरीरमा रगतको कमी भएको महशुस भएमा, झगडा गर्न मन लाग्ने वा चिड्चिडाहट भएमा शरीरमा आइरनको कमीको संकेत हो भन्ने बुझ्न जरुरी छ ।

ओठ फूट्ने – ओठ फूट्ने, मुखको भित्रपट्टि घाउँ आउनु पनि आइरनको कमीको संकेत हो ।

यो पढ्नुस्: तपाईले थाहै नपाउनु भएको फिटकिरीका १० फाइदा

जिब्रो फाट्नु – जिब्रो फाट्नु, खानेकुरा निल्न वा कुरा गर्दा दुख्नु आइरनको कमीको संकेत हो ।

खुट्टा काम्नु – खुट्टा काम्नु, पोल्नु, किरा हिडेजस्तो महशुस हुनु पनि आइरनको कमीको संकेत हो ।

रिंगटा चल्नु – बस्दा आँखाअगाडि एक्कासि अध्यारोँ देख्नु, रिंगटा चल्नु, कमजोर महशुस गर्नु सबै आइरनको कमीको संकेत हो ।

थकान – थकान महसुश गर्नु, निन्द्रा पुगेपनि सुस्त रहनु आइरनको कमीको संकेत हो ।

टाउको दुख्नु – रगतमा आइरनको कमीले शरीरमा अक्सिजनको पनि कमी हुन्छ । यस्तो अवस्थामा मा टाउको दुख्नेहुन्छ । यो पनि एक संकेत हो ।

यो पढ्नुस्।
सामान्य लाग्ने यस्ता लक्षण देखिए आन्द्राको क्यान्सर हुनसक्छ
मोटोपना घटाउनेदेखि लिएर क्यान्सरसँग लड्न सक्ने क्षमता छ बेसारसँग, जानौँ अन्य १० फाइदाहरू…