नुन खानालाई स्वदिष्ट बनाउन मात्रै प्रयोग गरिँदैन, यसलाई घरको सफाईमा पनि प्रयोग गर्न सकिन्छ । जान्नुहोस्, नुनलाई यस्ता फरक कामका लागि पनि प्रयोग गर्न सकिन्छ, जुन तपाईले कहिल्यै सोच्नुभएको छैन ।

– पुरानो जिन्सलाई डिटर्जेन्टका साथ साथै एक चम्चा नुन पनि मिसाउनुहोस् । यसो गर्दा खुइलिएको जिन्सको रंग आउँछ ।
– गाढा रंगको कपडा धुनअघि नुन–पानीमा भिजाएर राख्नुहोस् । यसो गरेर कपडालाई धुँदा रंग जाँदैन ।
– कटनको कपडामा रगतको दाग लगेको भए चिसो पानीमा नुन घोलेर कपडालाई भिजाउनुहोस् र मनतातो पानीले धुनुहोस् ।
– सेतो कपडामा पसिनाको दाग लागेको छ भने मन तातो पानीमा नुन मिलाएर भिजाउनुहोस् । केही समयपछि दागलाई ब्रसले सफा गर्नुहोस् ।
– कपडामा लागेको सुख्खा दागलाई नुन छर्केर कागतीको टुक्राले घोट्नुहोस् । त्यसपछि केही छिन घाममा सुकाएर फेरि धुनुहोस् ।

– कार्पेटमा वाइन पोखिएमा त्यसमाथि नुन छर्कनुहोस् । केही समयपछि भ्याकुमले सफा गर्नुहोस् दाग रहँदैन ।
– किचन वा बाथरुममा जालो प्रयोग गरेपछि नुनपानीमा डुबाउनुहोस् । यसो गर्नाले लामो समयसम्म जालो टिक्ने र ब्याक्टेरियाबाट पनि बच्न सकिन्छ ।
– राति जुत्तामा नुन राखेर सुत्नुहोस् र बिहान त्यसलाई सफा गर्नुहोस् । यसो गर्नाले जुत्ता गन्हाउने समस्या रहँदैन ।
– फूल राखिएको भाडामा एक चिम्टी नुन पनि राख्नुहोस्, यसो गर्दा लामो समयसम्म फूल ताजा रहन्छ ।

– फ्रिजबाट गन्ध आइरहेको छ भने थोरै सोडा, पानी र नुन मिसाएर सफा गर्नुहोस् ।
– सिंक वा बाथटपको सफाईका लागि पनि नुन प्रयोग गर्न सकिन्छ ।
– तामा, सिल्भर वा कासका पुराना भाडालाई चम्काउन नुनको प्रयोग गर्न सकिन्छ ।
– पियानो वा सिन्थेसिसको कि–बोर्ड पहेलो भएमा नुन र कागतीपानीले सफा गर्नुहोस् ।

यो पढ्नुस्।

मृगौलालाई खराब हुन नदिने १० सजिला उपाय

नुनबाट गर्न सकिने ७ चमत्कारिक काम (भिडियो सहित)