भगवान शिव र उनकी पत्नी तथा बच्चाका बारेमा सबैलाई थाहा छ । तर, शिवजीको पनि एक बहिनी थिइन् । एक पौराणिक कथामा भनिएको छ, जब देवी पार्वतीले भगवान शिवसँग विवाह गरिन्, उनी घरमा एक्लो महशुस गर्थिन् ।

अन्तरयामी शिवजीले देवी पार्वतीको मनको कुरा बुझिहाले । उनले पार्वतीसँग सोधे कुनै समस्या छ ? तब देवी पार्वतीले भनिन्, यदि श्रीमानको बहिनी भए म उनैसँग भुल्थे । फेरि शिवजीले सोधे, ‘यदि तिमीलाई एउटी नन्द दिए भने मिल्छौँ ?’ पार्वतीले भनिन्, ‘किन नमिल्नु र ?’ त्यसपछि, भगवान शिवले आफ्नो शक्तिबाट एक देवीको उत्पति गराए । शिवले पार्वतीलाई भने, ‘यी लेउ तिम्री नन्द आइन्, उसको नाम असावरी देवी हो ।’

देवी पार्वती निक्कै खुशी भईन् । असावरी देवी स्नान गरी आईन् र भोजन गर्न खाना मागिन् । देवी पार्वतीले खाना हालिदिएर सबै भण्डार रित्याइन्, महादेवका लागि केही बाँकी रहेन । यसले पार्वती दुःखी भइन् । त्यसपछि नन्दलाई लगाउँन वस्त्र दिइन्, त्यो नयाँ वस्त्र पनि असावरीलाई सानो भयो । पार्वती उनका लागि नयाँ कपडा व्यवस्था गर्नमा लागिन् ।

यसबीच असावरीलाई ठट्टा गर्न मन लाग्यो र उनले पार्वतीलाई आफ्नो खुट्टाको चेपमा लुकाइन् । पार्वतीलाई श्वास फेर्न गाह्रो भयो । जब महादेवले असावरीलाई पार्वती बारे सोधे उनले झुट बोलिन् । जब महादेवले कतै यो तिम्रो बदमासी त होइन भने, असावरी देवी हास्न थालिन् र जमिनमा खुट्टा पसारिन् । पार्वती खुट्टाबाट निस्किइन ।

पार्वती नन्दको यस्तो व्यवहारले दिक्क भइन् र महादेवसँग उनको विवाह गरेर पठाइदिन विन्ती गरिन् । आफूबाट गल्ती भएको बताइन् । त्यसपछि महादेवले बहिनी असावरीलाई कैलाशबाट विदा गरेका थिए ।

यो पढ्नुस्।
शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन? यस्तो छ कथाप्रसङ्ग…
यदि शिवजीले नरोकेका भए, संसार ध्वस्त पार्ने थिए विष्णुले- यस्तो छ रोचक कथा…