धेरै जसोलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने हुन्छ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या हुनसक्छ । जान्नुहोस् के–के कारण हुन सक्छन् ?

urine

१. सानो ब्ल्याडर – शरीरमा पिसाब जम्मा गर्ने ब्ल्याडरको आकार सानो भएमा छिटो– छिटो पिसाब आउने हुन्छ ।

२. धेरै पानी पिउनु – धेरै पानी पिउँनाले ब्ल्याडर जाँडै भरिने र चाँडो पिसाब लाग्ने हुन्छ ।

३. पत्थरिया – किड्नीमा पत्थरियाको कारण ब्ल्याडरमा दबाद पर्छ र चाँडै पिसाब गरु लाग्छ । यस्तो समस्या हुँदा केही दुखाई पनि महशुस हुन्छ ।

४. बढ्दो उमेर – उमेरको साथसाथै ब्ल्याडरको नसाहरु पनि कमजोर हुँदै जान्छ र धेरै जसो ब्ल्याडर भरिएको महशुस हुन्छ, जसका कारण पिसाब गर्न मन लाग्छ ।

५. मधुमेह – सुगरको मात्रा बढेमा शरीरले क्लूकोजलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने प्रयास गर्छ । यसले पटक–पटक पिसाब लागिरहेने हुन्छ ।

६. औषधि – कुनै–कुनै औषधिले शरीरमा पिसाब बढी उत्पादन गर्छ । यसले गर्दा पनि छिटो – छिटो पिसाब गर्ने इच्छा लाग्छ ।

७. चिया, कफि – चिया र कफिमा पाइने कफिनले छिटो – छिटो पिसाब लाग्ने समस्या उत्पन्न गराउँछ ।

८. मद्यपान – नशालु पेय पदार्थ अथवा अल्कोहलिक पदार्थ पिउनाले पनि पटक – पटक पिसाब लाग्ने हुन्छ ।

९. युरिन ट्रेक्ट इन्फेक्सन – यो समस्याका कारण दिक्दार लाग्ने हुन्छ र बारम्बार पिसाब लागिरहने हुन्छ ।

१०. प्रोस्टेट ग्रन्थि – प्रोस्टे ग्रन्थि बढ्ने हुँदा पनि छिटो – छिटो पिसाब लाग्ने समस्या हुन्छ ।

यो पनि पढ्नुस्
पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?
पिसाबमा उमालेको अण्डाको यस्तो परिकार
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ
१० पाउण्डका लागि पिसावसहितको युरिनल केक खान तयार भए युवक (भिडियो सहित)