प्रविधिको युगमा मोबाइल एक अत्यावश्यक वस्तु बनेको छ । ट्वाइलेट वा बाथरुममा हुँदा  फोन प्रयोग गर्ने धेरैको बानी हुन्छ । यदि तपाईमा पनि यस्तै बानी छ भने अब त्यसो नगर्नुहोस् ।mobile-in-toilet-315194315

ट्वाइलेटमा बसेका बेला गेम खेल्ने, च्याट गर्ने वा फोनमा बोल्ने गर्नु स्वास्थ्यमाथी खेलवाड गर्नु हो । यस्तो बानीले मृत्यु पनि हुनसक्छ ।

बाथरुम वा ट्वाइलेमा मोबाइल प्रयोग गर्ने बानीले गम्भिर रोग निम्त्याइरहेको विशेषज्ञहरुको दाबी छ । ट्वाइलेट बाहिर प्रयोग गरिने वस्तु, मोबाइल वा अन्य वस्तु ट्वालेट भित्र प्रयोग गर्न नहुने विशेषज्ञले सुझाएका छन् ।

जब तपाई ट्वाइलेटमा ‘फ्लस’ गर्नुहुन्छ अथवा पानी हाल्नुहुन्छ, युरिन तथा फोहोर वस्तुहरु केही फिटमाथिसम्म आउँछ, हावामा मिसिन्छ । जुन रोग संक्रमणको कारण बन्छ । जति पटक ‘फ्लस’ गर्नुहुन्छ उति पटक किटाणु हावामा फैलने गर्छ । त्यसैले पनि दिशा बस्दा बोल्न हुँदैन भनिन्छ। यसको अर्थ बाथरुममा हुँदा मुख खोलेमा किटाणु पस्छ भन्न खोजिएको हो।

ट्वाइलेटमा राखिएको ‘पेपर होल्डर’मा सबैभन्दा बढी किटाणु बसेका हुन्छन् । धेरै जसोले आफ्नो फोन त्यही ‘पेपर होल्डर’मा राख्ने गर्छन् । जसका कारण इ–कोइल, सालमोनेला, सि–डिफिसाइलजस्ता ब्याक्टेरिया फोनमा सल्किन्छ। अनि त्यहि फोन हामी दिनभर हातले समात्छौँ, त्यहि हातले खाने कुरा खान्छौं।

यति गर्दा पनि ट्वाइलेटमा फोन बिना बस्नै सक्नुहुन्न भने, ‘स्पिरिट’  ले फोनलाई बारम्बार सफा गर्नुहोस् ।