जाडो मौसममा तातो पानीले नुहाउन मन पर्छ । तर, धेरै तातो पानीले नुहाउनाले छाला र कपालको प्राकृतिक मोस्चर कम हुँदैजान्छ । यसो हुँदा छालामा संक्रमण र कपाल झर्ने जस्ता धेरै स्वस्थ्य समस्या उत्पन्न हुन्छ । यदि तपाईले बढी तातो ३७ डिग्री सेल्सियसभन्दा माथिको तातो पानीमा नुहाउनु भयो भने यसले उल्टै नोक्सान पुर्याउन सक्छ ।

bathing

१. चाया – तातो पानीले नुहाउँदा स्कल्प सुख्खा हुन्छ । यस्तो अवस्थामा छाला तथा कपालमा चाया बढ्न थाल्छ ।

२. चाउरीपना – तातो पानीका कारण छालाको टिस्युज ड्यामेज भई चाँडै चाउरीपना देखिन थाल्छ ।

३. कपाल झर्छ – तातो पानीले कपाल नुहाउँदा चाया बढ्न थाल्छ । सुख्खा कपाल झरेरै जान्छ, जसले गर्दा कपाल झर्ने समस्या बढ्छ ।

४. संक्रमण – तातो पानीले नुहाउँदा छालालाई सुख्खा बनाउँछ, जसले गर्दा संक्रमण बढ्ने खतरा बढ्छ ।

५. सुख्खा आँखा – तातो पानीले आँखालाई पनि सुख्खा बनाउँछ । यसो हुँदा आँखा रातो हुने, चिलाउने र बारम्बार पानी आइरहने समस्या हुन्छ ।

६. एलर्जी – तातो पानीले नुहाउँदा छालामा रेडनेस, रेसेज र एलर्जीको समस्या हुनसक्छ ।

७. सुख्खा कपाल – कपाललाई तातो पानीको नराम्रो असर पर्छ । यसले कपालको मोस्चरलाई कम गर्छ र कपाल सुख्खा, रफ भएर झर्न थाल्छ ।

८. चिलाउने – तातो पानीका कारण छालाको सुख्खापन झन् बढेर जान्छ । यसले चिलाउने समस्या उत्पन्न गराउँछ ।

९. नङ खराब – तातो पानीले हात–खुट्टा तथा नङमा नराम्रो असर पर्छ । यसले नङको चमक घट्छ । नङ भाँचिने, संक्रमण र नङ वरिपरीको मासु फाट्ने र उक्किने समस्या बढ्छ ।

यो पनि पढ्नुस्:
शास्त्र भन्छ, यी ५ कामपछि अवश्य नुहाउनुपर्छ
विहान नुहाउनु ठीक कि बेलुका? यस्ता सुझाव दिन्छन् डाक्टर…
यी हुन कपाल झर्ने ८ कारण र ५ घरेलु समाधानका उपाय
फुलेको सेतो कपाल र पातलो कपाल बाक्लो बनाउन १३ घरेलु विधि
तपाईलाई थाहा छ, बिहान १० मिनेट खाली खुट्टा हिड्दा के हुन्छ?