पछिल्लो समय सामसुङको स्मार्टफोनको ब्याट्रि पड्केको खबरहरु आएका थिए । सामसुङ नोट–२ मा यस्तो समस्या देखिएको थियो । यस्ता घटनाका कारण यसको विक्रीमा पनि रोग लगाइएको थियो । यस्तो घटना कम्पनीको गुणस्तरमा मात्रै भर पर्दैन, प्रयोगकर्ताको तर्फबाट पनि केही गल्ति हुनसक्छ । तपाई पनि यस्तो गल्ति नगर्नुहोस् भन्नका लागि केही टिप्स फलो गर्नुहोस् ।

– मोबाइल चार्ज गरिरहेका बेला कहिल्यै कुरा नगर्नुहोस् । यसो गर्नाले ब्याट्रि चाँडै तातिने हुन्छ ।

– ब्याट्रिलाई कहिले पनि एकदम डाउन हुने गरी चलाउन हुँदैन, त्यसलाई ३० प्रतिशत हुँदै चार्जमा राखिहाल्नुहोस् ।

– चार्जमा राखिएको मोबाइल कहिल्यै कुनै पनि प्रयोगजनका लागि प्रयोग नगर्नुहोस् ।

– जब फोन फुल चार्ज हुन्छ, तब चार्जरबाट निकाली हाल्नुपर्छ, त्यसो नगरे मोबाइल त्यहीबाट तातिन थाल्छ ।

– कम्पनीकै चार्जर प्रयोग गर्नुहोस्, धेरै जसो चार्जर नक्कली हुने गर्छन्, जसले मोबाइलको ब्यट्रि तातिन्छ ।

– यूएसबी केबलबाट चार्ज गर्नु राम्रो मानिन्छ । किनकि त्यसबाट विस्तारै–विस्तारै चार्ज हुन्छ र फोन पड्कने खतरा पनि हुन्न ।