कुनै फलका बोक्रामा रहेको न्यूट्रिएट्स जस्ता एन्टीओक्सिडेन्ट अधिक मात्राले सुन्दरता बढाउँन सहयोग गर्छ । हामी यस्ता बोक्रालाई सुकाएर वा पानीमा घोलेर प्रयोगमा ल्याउन सक्छौ । यस्तै १० फरक बोक्रालाई कसरी प्रयोग गर्न सकिन्छ जानौँ ।

walnut_shell

१. ओखरको बोक्रा – ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा उमालेर त्यसको पेस्ट बनाई कपालमा लगाउनुहोस् । यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्छ ।

२. अनारको बोक्रा – अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । फेरि त्यसलाई पानीमा राखेर उमाल्नुहोस् । मनतातो भएपछि कुल्ला गर्नाले घाटी दुख्ने समस्याबाट राहत मिल्छ ।

bananapeel_1024

३. केराको बोक्रा – केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कन्छ ।

४. काँक्राको बोक्रा – काँक्राको बोक्रा छिलेर पिस्ने । त्यसलाई आँखाको तल्लो भागमा लगाउने र १० मिनेटपछि धुने गर्दा ‘डार्क सर्कल’ हटाउँन मद्दत गर्दछ ।

५. प्याजको बोक्रा – प्याजको बोक्रालाई पानीमा उमाल्ने । त्यसपछि उमालेको पानी कपडालाई रंगाउनको लागि प्रयोग गर्न सकिन्छ ।

६. लसुनको बोक्रा – लसुनको बोक्रालाई पानीमा उमाल्ने । पानीलाई मनतातो बनाएर कपाल धोएमा कपाल बढ्छ ।

७. कागतीको बोक्रा – कागतीको बोक्रामा बेकिङ सोडा हालेर हात–खुट्टामा घोट्ने । यसले घामबाट डढेको वा कुनै छालाको कालोपनालाई हटाउँछ ।

egg_shell

८. अन्डाको बोक्रा – अंडाको बोक्रालाई सब्जी तथा फलफूलसँगै राख्नाले चाँडै बिग्रने हुदैन ।

९. सुन्तलाको बोक्रा – सुन्तलाको बोक्रालाई सुकाएर पिस्ने । यसमा दही मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि धुनुहोस्, तपाई अनुहारमा चमक आउँछ ।

१०. आलूको बोक्रा – आलुको बोक्रामा ब्लिचिङ्ग एजेन्ट्स हुन्छ, जसलाई छालामा लगाउनाले घामको कडा किरणबाट बचाउँछ ।

यो पनि पढ्नुस्:

अण्डाको पहिलों भाग खानु हुन्छ कि हुँदैन ?

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने !

कागती पानी पिउनु अघि ८ पटक सोच्नुस

लसुनसंग जोडिएका १० अचम्म लाग्दा तथ्य

यस्ता छन दैनिक एउटा ल्वाङ खानुका १० फाइदा

के तपाईमा क्यान्सरका संकेत देखिँदैछ, बिना अपरेसन उपचार सम्भव छ !