मस्तिष्कसम्म रगत सञ्चार हुन नसकेमा ‘ब्रेन स्ट्रोक’ अर्थात् मस्तिष्क घातको खतरा बढ्छ । यस्तो घात जो कोहीलाई जुनसुकै समयमा हुन सक्ने खतरा हो । यदि समयमै यसको लक्षणका बारेमा थाहा भएमा बिरामीको ज्यान बचाउँन सकिन्छ । यस्ता छन्, ब्रेन स्ट्रोकका संकेतहरु :

brain_stroke

अनुहारमा परिवर्तन – एकदम छिटो अनुहारमा परिवर्तन आएमा अथवा अनुहारको आकार केही बांगो भएजस्तो महशुस भएमा यो ‘ब्रेन स्ट्रोक’को संकेत हो ।

हात कमजोर हुनु – बिना कारण दुवै हात कमजोर हुनु र कुनै पनि सामान उठाउन गाह्रो हुनु ब्रेन स्ट्रोकको संकेत हो ।

खुट्टा कमजोर हुनु – यदि खुट्टामा सन्तुलन नभइरहेको महशुस भएमा पनि ब्रेन स्ट्रोकको संकेत हुन सक्छ  । सिधा उभिन वा हिड्न लड्खडाएमा पनि स्ट्रोकको लक्षण हुन सक्छ ।

बोली लरबराउनु – बोल्न गाह्रो लाग्ने वा बोली लरबाराएमा ब्रेन स्ट्रोक हुन सक्ने संकेत हो ।

पक्षघात हुन – ट्रांजिएंट इस्कीमिक अट्याकलाई मिनि स्ट्रोक अर्थात् पक्षघात पनि भनिन्छ । यदि कसैलाई यस्तो भएमा पनि मस्तिष्क घातको संकेत हो ।

हेर्न समस्या – आँखामा धमिलोपन आउनु र हेर्न गाह्रो महशुस भएमा पनि मस्तिष्क घातको संकेत हुनसक्छ ।

एकोहोरो टाउको दुख्नु – टाउको दुख्ने र रिंगटा पनि लागेमा अथवा वान्ता हुने जस्तो महशुस गर्नु पनि ब्रेन स्ट्रोकको संकेत हो ।