जो कहिले कहिले बियर वा रक्सीको एक-दुई ड्रिक्स पिउने गर्छन, मान्छन कि थौरै रक्सी सेवनले नोक्सान हैन फाइदा गर्छ। जब कुनै यस्तो अध्ययन सार्वजनिक हुन्छ कि जसमा कम रक्सी पिउनाले स्वास्थ्यमा राम्रो असर गर्छ तब मिडिया लगाएत सर्वसाधरण यस्तो अध्ययनको उत्साहको साथ स्वागत गर्छन।

alcohol drinking (3)

तर थौरै मात्र रक्सी सेवनले स्वास्थ्यमा कुनै फाइदा हुन्छ, यो तय गर्नु निकै मुस्किल काम हो।

तर रक्सी सेवन र स्वास्थ्य एक अर्कासंग सम्बन्धित भने छ। केही विकसित देशहरुमा मुटु सम्बन्धी रोग र रक्सीको सम्बन्धको बारेमा एक अध्ययन पनि गरिएको थियो।

रक्सीमा पनि खासगरि वाइन सेवन बढाउनु र मुटु सम्बन्धि रोग बीच स्पष्ट सम्बन्ध छ।

रक्सीमा पाइने एन्टीअक्सीडेन्ट भने शरीरको लागि फाइदाकारी हुन्छ।

सन् १९८६ मा अनुसन्धानकर्ताहरुले अमेरिकामा ५० हजार भन्दा बढी पुरुष डाक्टरहरुमा सर्भे गरेका थिए। जसमा खान-पानको बानी, अनि व्यक्तिको मेडिकल इतिहास र स्वास्थ्य स्थिति दुई वर्षसम्म नियालिएको थियो।

यो अध्ययनबाट थाहा पाइएको थियो की जो डाक्टर तुलनात्मक रुपमा बढी रक्सी पिउँथे, तीनमा कोरोनरी हर्ट बिमारी कम थियो।

सन् २००० मा प्रकाशित अर्को एक अध्ययनको अनुसार, रक्सीको खपत र हृदय रोगको बीच एक यस्तो सम्बन्ध छ कि जो मानिस सोचेर अनि समय मिलाएर कम मात्रामा सेवन गर्छन्, ती व्यक्तिको हृदय रोगबाट मर्ने सम्भावना ति मानिसको भन्दा कम हुन्छ जो दैनिक अधिक मात्रामा रक्सी सेवन गर्छन्।

तर थौरै रक्सी सेवन गर्नेहरुमा केवल रक्सी कै कारण त्यस्तो फाइदा भएको हो की, ती मानिस आफ्नो स्वास्थ्यको बारेमा बढी सतर्क भएर पनि हो? के थौरै रक्सी सेवन गर्ने नियमित रुपमा शारिरीक व्यायाम गर्छन, सन्तुलिन भोजन खान्छन्?

सन् २००५ मा मेडिकल प्रोफेशनहरुको बीच एक अध्ययन भएको थियो। जसमा ३२ हजार महिला अनि १८ हजार पुरुष सामेल थिए। यो अध्ययनमा यो जान्ने कोसिस गरियो की रक्सीको सेवन र हृदयघातको सम्बन्ध तथा शरीरमा हुने असरको के सम्बन्ध छ।

जो मानिस हप्तामा तीन-चार पटक, एक वा दुई पेग रक्सी सेवन गर्छन् तीनिहरुमा हृदयघातको सम्भावना कम हुन्छ।

तर यो पढेर आफ्नो रक्सी सेवन बढाउन सुरु गर्नु अघि तपाइले तल थप पनि पढ्नुपर्ने हुन्छ।

के त्यसो भए रक्सी सेवन नै नगर्ने मानिसहरुमा हप्तामा कहिले काँही रक्सी सेवन गर्ने भन्दा बढी हृदयघातको सम्भावना हुन्छ। यसको सिधा जवाफ दिन गाह्रो छैन।

सन् २००६ मा शोधकर्ताहरुको एक समुहले यी अध्ययनहरुको गंभीरतामा पुर्वक समीक्षा गर्यो। शोधकर्ताहरुले यी अध्ययनहरुमा एक ठुलो त्रुटी देखे। जसमा रक्सी सेवन नगरेका भन्ने मानिसहरु जो थिए त्यसमा रोग र बढ्दो उमेरको कारण रक्सी छोडिसकेका मानिस धेरै थिए। यस्तो अवस्थामा यी व्यक्तिहरुको स्वास्थ्य अन्यको तुलनामा राम्रो होस्, त्यसको कुनै सम्भावना थिएन।

अर्को एक अध्ययन यसैवर्ष ब्रिटेनमा गरियो। पहिले देखिएको जस्तो त्रुटीहरु नहुने गरि अर्को अध्ययनले केवल रक्सी सेवन र स्वास्थ्यको मात्र तुलना गर्ने हो भने सिमित मात्रामा रक्सीको फाइदा देखिने थाहा भयो।

alcohol drinking (1)

तर यी अध्ययनहरुमा रक्सी नखाने ती मानिसलाई संलग्न नगराउने जो पहिले रक्सी सेवन गर्थे, तब रक्सी खानु को फाइदा केही पनि देखिदैन।

एक अर्को अनुसन्धान दलले फरक ढङ्गले अनुसन्धान गर्यो। जसको शरीरले रक्सीलाइ ठिक ढ्गले पचाउथेन अनि कत्तिपनि रक्सीको सेवन गर्थेनन्, यी मानिसहरुको तुलना रक्सी पिउने संग गरियो।

यसको नतिजाले बताउँछ की रक्सी सेवनले हृदयघातको सम्भावना बढोस या नबढोस शरिरमा अन्य ज्यानलिने रोगको खतरा भने पक्का बढ्ने देखिन्छ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो वर्षको रिपोर्टको अनुसार रक्सी सेवनले मुटु, कलेजो, पेटको समस्या, आत्महत्याको प्रवृति तथा हिंसा र दुर्घटना जस्ता घटना बढेको पाइएको छ।

रक्सीको सेवनले मुख, नाक, घाँटी, पेट, कलेजो र स्तन क्यान्सरको खतरा निकै बढ्छ। विश्वभरमा क्यान्सरबाट मर्ने मध्ये ४ देखि ३० प्रतिशत मृत्यु रक्सीको कारणको क्यान्सरले हुने गरेको छ।

त्यसैले रक्सी छोडौ स्वस्थ्य जीवन जिऔ।