२२ मंसिर, काठमाडौं । दुई नेपाली चलचित्रमा अभिनय गरेर आफ्नो भाग्य अजमाउन बलिउड हान्निएकी उनी अहिले व्यस्त हुन थालेको बताउँछिन् । हिन्दी चलचित्र ‘द पावर’ मार्फत रजत पटमा देखिएकी ममताले खेलेका दुई नेपाली चलचित्र भने अहिलेसम्म प्रदर्शनमा आउन सकेको छैन । mamata3

केही समय पहिले नेपाल आएका बेला उनले गायक राजेशपायल राईको चर्चित गीत लाखौं जमनाको म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । जुन म्युजिक भिडियो यतिबेला यु–ट्युवमा पनि हेर्न सकिन्छ । युवराज वाईबाको निर्देशन रहेको सो म्यूजिक भिडियोमा ममतालाई मोडेल योजराज पाण्डेले साथ दिएका छन् । दिल्ली, गुणगाउँ बस्दै आएकी ममता शर्मा स्थानीयस्तरमा निर्माण हुने प्राय सबैजसो म्युजिक भिडियोमा देखिने गर्छिन् । तर, उनको चाहना भने फिल्ममा छ ।