कुशल श्रेष्ठ

विगतका वर्षहरूमा पृथ्वीलगायत अन्य ग्रहमा जीवन सम्भव छ वा छैन भनेर थुप्रै अन्तरीक्ष खोजहरू भए। यसै सिलसिलामा नासाका वैज्ञानिकहरूले सन् २००६ जनवरी १९ मा पुरै ब्रह्माण्डको अनुसन्धान गर्नको लागि ‘न्यू होराइजन्स अन्तरीक्षयान’ पठाएको थियो, जसले गत वर्षको जनवरी १५ मा मात्रै सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह ‘यम’ (Pluto) को दर्शन गर्यो। त्यसको खोज त अझै जारी नै छ।

फेरि त्यसको साथसाथै सन् २०११ नोभेम्बर २६ मा नासाले मङ्गल ग्रहको वायुमण्डल, सतह अनि भू-बनावटको अनुसन्धानको लागि ‘क्यूरियोसिटी रोभर’ पठायो। त्यसको अनुसन्धान पनि जारी नै छ।

अब अहिले फेरि नासाले मङ्गल ग्रहमा जीवनको खोज गर्नको लागि अर्कै मिसन सुरु गरिसकेको छ। सोहि मिसनकै लागि यस संस्थाले दुईवटा अन्तरीक्षयानको पनि निर्माण सम्पन्न गरिसकेको छ।Exo-Mars

दुई अन्तरीक्षयान मध्ये एउटा यान मङ्गल ग्रह तर्फ लागिसकेको छ, जसले मङ्गल ग्रहमा जीवनको रूप छ कि छैन अथवा थियो कि थिएन भन्ने प्रमाण गर्ने नासाका वैज्ञानिकहरूको विश्वास रहेको छ। यसको मतलब त्यो रातो ग्रहमा जीवनको सम्भावना पत्ता लगाउने सुनौलो मौका हामीले पाएका छौँ र त्यसको लागि अहिलेसम्मकै सबैभन्दा विकसित प्रविधिले हाम्रो मद्दत गर्नेछ।

त्यहाँ जीवनको सम्भावना कसरी पत्ता लगाउने?

यो सबै ‘मिथेन’ (Methane) ग्याँसमा भर पर्दछ। अहिलेसम्मको अनुसन्धानबाट मङ्गलमा मिथेन ग्याँसको केहि मात्रा छ भनेर पत्ता लागिसकेको छ, तर त्यो ग्याँस कसरी पैदा भयो भन्ने कुरा मूख्य हुन आउँछ। त्यहाँ कसरी मिथेन ग्याँस आयो अनि कहाँबाट आयो भन्ने कुराको खोजले हामी यो दुनियाँमा एक्लै छौँ वा छैनौँ भन्ने कुराको निर्धारण गर्दछ।

नासाका वैज्ञानिकहरूले यस खोजलाई दुई भागमा विभाजन गरेका छन्- ‘ल्याण्डर’ (Lander) जुन मङ्गल ग्रहको सतहमा पुगेर अनुसन्धान गर्नेछ, अर्को हो ‘अर्बिटर’ (Orbiter) जसले मङ्गलको वायुमण्डललाई बुझ्नेछ। तीमध्ये सुरुको ल्याण्डर पृथ्वीबाट प्रक्षेपण भैसकेको छ। यो प्रविधिले मङ्गलमा मिथेनको अनुसन्धान गर्नेछ

यदि त्यहाँको मिथेन ग्याँसमा ‘कम्प्लेक्स हाइड्रोकार्बन’ छ भने त्यो पक्कै पनि जीवनकै रूपबाट आएको हो भन्ने पुष्टि हुन्छ। तर यदि त्यसमा ‘सल्फर डाइअक्डाइड’ भेटियो भने त्यो त्यहिँको भू-सतहबाट पैदा भएको हो भन्ने पुष्टि हुन्छ।

मङ्गलको सतहमा अवतरण गर्ने रोभरले त्यहाँ कुनै पनि प्राणीले छाडेको खनीज पदार्थको पनि जाँच गर्नेछ।

तथापी, यो सबै प्रमाणले त्यहाँ कुनै बेला जीवित प्राणीहरू बस्थे भन्ने मात्रै सङ्केत गर्दछ, तर अहिलेको समयमा चाहिँ जीवन सम्भव छ वा छैन भनेर पुष्टि गर्न सक्दैन।

“यो सबै कुराहरू खोजको नतिजाबाट मात्र थाहा पाउन सकिन्छ, अहिल्यै केहि भन्न सकिँदैन।”, नासाका वैज्ञानिकले भने।

यदि त्यहाँ जीवनको रूप भेट्टियो भने, कस्तो देखिनेछ?

यो कुरा भन्न मुश्किल नै पर्छ। तर यो चाहिँ निश्चित छ कि हामीले यहाँ जेलाई जीवन भन्छौँ, त्यहाँ फरक हुनेछ। किनभने मङ्गल ग्रह भनेको मृत ग्रह हो, जसको कारण त्यहाँ कुनै पनि प्राणीलाई बाँच्न मुश्किल पर्दछ।

मङ्गलको वायुमण्डल एकदमै पातलो छ र पातलिने क्रममा छ। त्यस ग्रहको कुनै चुम्बकीय क्षेत्र छैन, मतलब त्यो ग्रह सूर्यको विकिरणले र सतहको तापले पाकिसकेको छ अनि जेजति भएको पानीको अणु पनि बाफ बनेर सतह छोडिसकेको छ।

यदि त्यहाँ जीवन सम्भव भएमा हामीलाई कस्तो प्रभाव पर्छ?

यसले ब्रह्माण्डमा हाम्रो अस्तित्वलाई पूर्ण रूपले परिवर्तन गर्नेछ। हामीले जीवनको सृष्टिलाई जसरी बुझिरहेका छौँ, त्यो सोँच पनि परिवर्तन हुनेछ। त्यत्ति मात्रै कहाँ हो र? सौर्यमण्डलमै जीवन सम्भव भएको दुईवटा ग्रह हुनेछ। पृथ्वीको सतहलाई छाडिसकेपछि पनि एउटा आश बाँकी हुनेछ कि अर्को ग्रह पनि छ जहाँ हामी सास फेर्न सक्छौँ।